ओलीमाथि माधव नेपालको कटाक्षः ओलीले प्रधानमन्त्री छाड्नुपरे कुर्सी नै भाँच्छन्

ओलीमाथि माधव नेपालको कटाक्षः ओलीले प्रधानमन्त्री छाड्नुपरे कुर्सी नै भाँच्छन्

Madhav Nepall

नेकपा एमालेका नेता माधव नेपालले प्रधानमन्त्री छाड्नुपर्दा कुर्सी नै भाँच्ने प्रवृत्ति केपी ओलीमा रहेको आरोप लगाएका छन् ।

‘०७२ सालमा आधा आधा कार्यकाल प्रधानमन्त्री बन्नेगरी उहाँले माओवादी अध्यक्ष प्रचण्डसँग सहमति गर्नुभयो । प्रचण्डको पालो आएपछि छाड्दिनँ भन्नुभयो । सहमतिका लागि मलाई मध्यस्थता गर्न बोलाइएको थियो’ आइतबार आफू निकट काठमाडौं जिल्ला कमिटीको घोषणा कार्यक्रममा उनले भने, ‘मैले पद छाड्नुस् प्रधानमन्त्री प्रचण्डलाई दिनुस्, त्यसो गर्दा हाम्रो पार्टी पनि सरकारमै रहन्छ भनेको थिए, सुरुमा हुन्छ भन्नुभयो । तर पछि फेरि बोली फेर्नुभयो । त्यसपछि कांग्रेस र माओवादी मिले, एमाले सरकारबाटै बाहिरियो ।’

यसपटक पनि आफू संकटमा परेपछि ओलीले संसद् नै विघटन गरेको नेपालले बताए । नेपालले ओलीसामू नझुक्ने पनि उनले स्पष्ट पारे । ‘मानिसहरु भन्छन्, एउटा ओलीसामू झुक्ने, अर्को गेरुवस्त्र लगाउने पनि विकल्प छ । तर हामी त्यता जाँदैनौं । दृढताका साथ छाति खोलेर लड्छौँ । जितेर छाड्छौँ । कम्युनिस्ट आन्दोलन रक्षा गर्छौं’, उनले भने।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ