काठमाडौं : सरकारले हिजो सोमवार २५ जनाभन्दा बढी मानिस जम्मा हुन नपाइने भन्दै आदेश जारी गरेको छ । अटेर गरेमा कारबाही गर्ने पनि चेतावनी दिएको छ ।
यद्यपि उक्त निर्णयको खिल्ली उडाउँदै बिहानै प्रधानमन्त्री केपी शर्मा ओलीको निवास बालुवाटारमा पूजा अनुष्ठान कार्यक्रम राखियो। चितवनमा लगेर राखिने राम, सीता, लक्ष्मण र हनुमानका मूर्तिलाई बिहानै विधिवत पूजाका लागि अनुष्ठान कार्यक्रम आयोजना गरिएको हो।
चितवन लैजानुअघि प्रधानमन्त्री ओली र उनकी पत्नी राधिका शाक्यले ती मूर्तिमा पूजा गरेका हुन्। कार्यक्रममा पर्यटन तथा संस्कृतमन्त्री भानुभक्त ढकाल, एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङलगायत सहभागी थिए। उनीहरुले मास्क लगाए पनि भिड बाक्लो थियो भने भौतिक दुरी पनि सरकारले तोकेजस्तो मापदण्ड कायम गरेको थिएन।
प्रधानमन्त्री ओलीले ती मूर्ति हस्तान्तरण गरेका छन्। ती मूर्ति आजै चितवन पुर्याइने कार्यक्रम रहेको छ। चितवनको अयोध्यमा ती मूर्ति राखिनेछन्। प्रधानमन्त्री ओलीले रामको जन्मभूमिम चितवनको अयोध्या रहेको दाबी गर्दै आएका छन्।
राम, सीता, लक्षमण र हनुमानका मूर्ति रामनवमीको अवसर पारेर चितवनको अयोध्याधाममा स्थापना गर्ने तयारी भएको छ । पूर्णकदका ती मूर्तिहरु माडी अयोध्याधाममा भोलि अनावरण गर्न लागिएको हो । ‘श्री सीताराम शोभा रथयात्रा’ नाम दिइएको धार्मिक र्यालीसहित सीता-रामका मूर्तिहरुलाई आज देवघाटमा लगेर राखिनेछ ।रथमा मूर्ति राखेर ५ सयभन्दा धेरै गाडीसहितको कलशयात्रा तथा शोभायात्रा चितवन पुग्नेछ ।
सोमवार बसेको मन्त्रिपरिषद् बैठकले कोरोनासम्बन्धी बेग्लै आदेश जारी गर्दै कुनै पनि सभा समारोहमा २५ जनाभन्दा बढी सहभागी हुन नपाउने नियम जारी गरेको हो। ‘एक पटकमा पच्चीस जना भन्दा बढी हुन नहुने, कुनै पनि सामान अनावश्यक नछुने, दुई व्यक्तिको बीचमा दुई मिटर दुरी कायम गर्ने, मास्क अनिवार्य गर्ने,’ हिजोको मन्त्रिपरिषद्को निर्णयमा भनिएको छ।
सम्बन्धित खबर
प्रधानमन्त्री कार्कीसँग ओलीले भनेः बाह्य षड्यन्त्रलाई वैधानिकता दिने गरी सरकारले काम गर्नु हुँदैन
प्रधानमन्त्री कार्कीको प्रस्टोक्ति: ढुक्क हुनुस्, २१ फागुनको चुनाव एकै चरणमा हुन्छ
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, मृतकको सङ्ख्या १३ पुग्यो
जनताको साथ रहेसम्म एमालेलाई कसैले हराउन सक्दैन: ओली
रौतहटमा रास्वपा उम्मेदवार सवार गाडीको ठक्करबाट ४ वर्षीया बालिकाको मृत्यु, उम्मेदवार र चालक फरार
दल र उम्मेदवारले २५ हजारभन्दा बढी नगद सहयोग लिन नपाइने, पुराना खाताको रकम नयाँमा सार्नुपर्ने
यो पनि पढौँ
चुनावी तालमेल गर्न प्रचण्ड माधवलाई ओलीको प्रस्ताव
बालेनलाई निर्वाचन आयोगले सोध्यो दोस्रोपटक स्पष्टीकरण
रौतहटमा रास्वपा उम्मेदवार सवार गाडीको ठक्करबाट ४ वर्षीया बालिकाको मृत्यु, उम्मेदवार र चालक फरार
‘आत्मनिर्भर र समुन्नत प्रदेशः सुखी प्रदेशबासी’ को संकल्प पूरा गर्नुछः प्रदेश प्रमुख