काठमाडौं : भारतमा कोरोना संक्रमण अत्यधिक बढेपछि त्यहाँ विभिन्न पेशा व्यवसाय गरेर बसेका हजारौं नेपालीहरू स्वदेश फर्किरहेका छन्।
नेपाल भारत सिमानाको नेपालगञ्जको जमुनाह नाकामा थेग्नै नसकिने गरी स्वेदश फर्किनेको भीड बढिरहेको छ। नेपालका विभिन्न जिल्लाबाट भारतको विभिन्न शहरमा रोजगारीका लागि पुगेका नेपाली नागरिकहरु कोरोना महामारीबाट बच्न फर्कने क्रममा जमुनाह नाकामा पुगेको हुन्।
नाकामा स्वेदश फर्किनेको संख्या हजारौं भएकाले प्रहरीलाई पनि हम्मेहम्मे परेको छ। व्यवस्थापनका लागि त्यहाँ खटिएको नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई भीड सम्हाल्नै समस्या भैरहेको जमुनाह प्रहरी प्रमुख सई विष्णु गिरीले बताए। त्यस नाकाबाट दैनिक पाँचदेखि छ हजारको हाराहारीमा नेपाली स्वदेश फर्किरहेका छन्।
जमुनाह नाकाबाट नेपाल प्रवेश गर्नेमा अधिकांश लुम्बिनी र कर्णाली प्रदेशका विभिन्न जिल्लाका नागरिक रहेका छन्। नेपालगञ्जमा ‘लकडाउन’ जारी गरिएकाले प्रहरीले बस व्यवसायीहरूसँग समन्वय गरी उनीहरूलाई नाकाबाट बसपार्कसम्म पुर्याइदिने र बसपार्कबाट आ–आफ्नो गन्तव्यतिर जाने व्यवस्था मिलाइएको वडा प्रहरी कार्यालय नेपालगञ्जका प्रमुख प्रहरी निरीक्षक डिल्लीबहादुर खड्काले जानकारी दिए।
सम्बन्धित खबर
हेटौँडामा बिहानै भत्काउन थालियो सडक छेउका घर तथा संरचनाहरू
आगजनी गर्ने बानी भयो भने भोलि जो कोहीले जो कसैलाई जलाउन सक्ने चिन्ता भएको छ: प्रधानमन्त्री
मधेशको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त
प्रतिनिधि सभा निर्वाचन: शनिबारदेखि समानुपातिकको प्रक्रिया सुरु, प्रत्यक्षको मनोनयन माघ ६ मा
नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारी पक्राउ
नेपालले पर्यटनबाट लाभ लिन पहिले त राजनीति नै ठीक हुनुपर्छः वीरेन्द्र बहादुर बस्नेत
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’