काठमाडौं : भारतमा कोरोना संक्रमण अत्यधिक बढेपछि त्यहाँ विभिन्न पेशा व्यवसाय गरेर बसेका हजारौं नेपालीहरू स्वदेश फर्किरहेका छन्।
नेपाल भारत सिमानाको नेपालगञ्जको जमुनाह नाकामा थेग्नै नसकिने गरी स्वेदश फर्किनेको भीड बढिरहेको छ। नेपालका विभिन्न जिल्लाबाट भारतको विभिन्न शहरमा रोजगारीका लागि पुगेका नेपाली नागरिकहरु कोरोना महामारीबाट बच्न फर्कने क्रममा जमुनाह नाकामा पुगेको हुन्।
नाकामा स्वेदश फर्किनेको संख्या हजारौं भएकाले प्रहरीलाई पनि हम्मेहम्मे परेको छ। व्यवस्थापनका लागि त्यहाँ खटिएको नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई भीड सम्हाल्नै समस्या भैरहेको जमुनाह प्रहरी प्रमुख सई विष्णु गिरीले बताए। त्यस नाकाबाट दैनिक पाँचदेखि छ हजारको हाराहारीमा नेपाली स्वदेश फर्किरहेका छन्।
जमुनाह नाकाबाट नेपाल प्रवेश गर्नेमा अधिकांश लुम्बिनी र कर्णाली प्रदेशका विभिन्न जिल्लाका नागरिक रहेका छन्। नेपालगञ्जमा ‘लकडाउन’ जारी गरिएकाले प्रहरीले बस व्यवसायीहरूसँग समन्वय गरी उनीहरूलाई नाकाबाट बसपार्कसम्म पुर्याइदिने र बसपार्कबाट आ–आफ्नो गन्तव्यतिर जाने व्यवस्था मिलाइएको वडा प्रहरी कार्यालय नेपालगञ्जका प्रमुख प्रहरी निरीक्षक डिल्लीबहादुर खड्काले जानकारी दिए।
सम्बन्धित खबर
नेपालका रवीन्द्र ढाँट इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा
बाढीका मृतकको गहना लुट्नेहरू पक्राउ, हुनसक्छ ७ वर्षसम्म जेल
बाढीपीडितका लागि कर्मचारीको तलबबाट ३६ करोड योगदान गरिने, बिदामा पनि काम गर्नुपर्ने
लायन्सद्वारा बाढीपीडितका लागि १ करोड प्रारम्भिक सहयोग
नवलपरासीको गण्डक क्षेत्रमा शव भेटिन थाले, अहिलेसम्म ३५९ जनाको शव भेटियो
पृथ्वी राजमार्गमा यातायात ठप्प, सडकमा थुप्रिएको लेदो हटाउने काम जारी
यो पनि पढौँ
पोखराको मुख्यबजार क्षेत्रमै नालीमा बगे आमाछोरी
प्रार्थनाकै समयमा १६ सय ५० विद्यार्थी पढ्ने त्रिभुवन त्रिशुली मावि बगायो
प्रधानमन्त्री बालेनको भिडियो पत्रकारले खिच्दा सेनाले गर्यो डिलिट
गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो