प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारीको जोखिम बढेपछि बैशाख ६ गते मन्त्रिपरिषदले जारी गरेको आदेश कडाइ पूर्वक पालना गर्न/गराउन मातहतका निकायहरूलाई निर्देशन दिएका छन् । आदेश अहिलेसम्म पालना नभएको भन्दै प्रधानमन्त्री असन्तुष्ट देखिएका छन् ।
सरकारले सार्वजनिक स्थलहरुमा भीडभाड नगर्न, २५ जना भन्दा बढी मानिसहरुको जमघट नगर्न, सार्वजनिक सवारी साधनमा स्वास्थ्यसम्बन्धी मापदण्ड लागू गर्न लगायतका आदेश जारी गरेको थियो । सरकारी आदेश राजपत्रमा समेत प्रकाशित भइसकेको छ, तर त्यसको पालना कोही कसैबाट पनि भएको छैन ।
शनिबार अपरान्ह बालुवाटारमा आयोजित कोरोनाको जोखिमसम्बन्धी ब्रिफिङ कार्यक्रममा प्रधानमन्त्री ओलीले कर्मचारीहरुबाट रिपोर्टिङ सुनिसकेपछि स्वास्थ्य मापदण्डको पालनामा कडाइ गर्न निर्देशन दिएको एक मन्त्रीले बताए ।
त्यसैगरी प्रधानमन्त्री ओलीले सीमानामा पनि कडाइ गर्न स्थानीय प्रशासन र सुरक्षा निकायलाई निर्देशन दिए। सीमानामा नागरिकहरुलाई स्वदेश आउनबाट तत्काल रोक्न नमिले पनि निश्चित समय दिएर कडाइ गर्नैपर्ने प्रधानमन्त्रीले बताएका थिए ।
बैठकमा कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को निर्देशक समितिमा आवद्ध मन्त्री तथा सचिवहरूको सहभागिता थियो । त्यहाँ कोरोनाको जोखिम, यसमा भइरहेका प्रयासहरु, सरकारले भोगिरहनुपरेका समस्याबारे कर्मचारीका तर्फबाट प्रस्तुती गरिएको थियो ।
शनिबारको ब्रिफिङमा सहभागी सबैको साझा निष्कर्ष के थियो– सरकारले बैशाख ६ गते जारी गरेको आदेश कतैबाट पनि पालना भएन । यस्तै भए लकडाउन गर्नुपर्ने हुन सक्छ ।
सम्बन्धित खबर
पत्रकार पक्राउ प्रकरणमा दोषीलाई कारबाही गर्न रास्वपाद्वारा सरकारलाई निर्देशन
वर्षा रोकिएसँगै देशभरको मौसममा क्रमिक सुधार
बालेनलाई तनुजाको कटाक्षः देशलाई नै लुडो बनाइसक्नुभयो, अब यसको श्रेय पनि आफैँ लिनुहोस्
चक्रवात ‘अर्नब’को प्रभाव नेपालतिर सोझिँदै, गण्डकीसहित तीन प्रदेशका हिमाली क्षेत्रमा ‘रेड अलर्ट’
आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
दसैँ अवधिमा सवारी दुर्घटनाबाट देशभर १२४ जनाको मृत्यु, दुई हजार ९८८ घाइते
यो पनि पढौँ
पोखरामा स्कुटर दुर्घटना हुँदा कुँवरको मृत्यु
आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
जीर्ण पोल र गुजुल्टिएका तार हटाएपछि फर्कियो पोखराको सौन्दर्य
गुल्मीमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु, ३ जना घाइते