प्रधानमन्त्री केपी शर्मा ओलीविरूद्ध प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र माओवादी केन्द्रले अविश्वासको प्रस्ताव लैजाने अन्तिम तयारी गरेका छन्। उनीहरूले संसदको चौंथो ठूलो दल जनता समाजवादी पार्टीको निर्णय कुरिरहेका छन्।
जसपाका शीर्ष नेताहरू आन्तरिक छलफलमै व्यस्त छन् । उनीहरूबीच निरन्तर छलफल भएको छ तर कुनै निर्णय गर्न सकेका छैनन् । जसपा नेताहरू महन्थ ठाकुर र राजेन्द्र महतो प्रधानमन्त्री ओलीसँग मिलेर सत्ता गठबन्धन बनाउने प्रयत्नमा छन् तर बाबुराम भट्टराई र उपेन्द्र यादवलगायतका नेताहरू कुनै पनि हालतमा ओलीसँग मिल्न नहुने अडानमा छन् ।
सकेसम्म नेताहरुले सहमतिमै निर्णय नगर्ने गर्ने नभए भोलिसम्ममा बहुमतका आधारमा भए पनि निर्णय हुने जसपाका एक नेताको भनार्य छ । जसपाले निर्णय गरे बुधबार नै प्रधानमन्त्री ओलीविरूद्ध अविश्वासको प्रस्ताव संसदमा दर्ता गर्ने तयारी रहेको कांग्रेसका एक नेता बताउँछन् । बहुमतीय निर्णय भए सरकारको विपक्षमा अर्थात् बाबुराम र उपेन्द्रको लाइनमा बढी कार्यकारी समिति सदस्य छन् ।
पछिल्लो साता कांग्रेस र माओवादी केन्द्रले थप छलफल गरेर अविश्वासको प्रस्ताव लैजाने निष्कर्ष निकालेका हुन्। माओवादी केन्द्रका एक नेताका अनुसार दुबै पार्टीले अविश्वासको प्रस्ताव अघि बढाउन आफ्ना सांसदहरूको हस्ताक्षरसमेत संकलन गरिसकेका छन्।
सम्बन्धित खबर
सुदनले अन्तिम विकल्प संसद पुनर्स्थापना हुनसक्छ भनेपछि जेनजीहरू त्रसित
प्रतिनिधिसभा पुनर्स्थापना माग्दै कांग्रेस सांसदले दायर गरेको रिटमाथि सुनुवाइ हुँदै
एमालेको मतदानमा प्यानलको लिस्ट लान पाइने, मोबाइल लान नपाइने
एमाले महाधिवेशन : मतदान जारी, लामबद्ध प्रतिनिधि
निर्वाचित सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छौं : प्रधानमन्त्री
पर्यटनको सम्भावना बोकेको मुस्ताङको ‘झारकोट’ ओझेलमा
यो पनि पढौँ
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे
नवनियुक्त ४ मन्त्रीले लिए शपथ, को हुन् नयाँ मन्त्री?