शंकर पोखरेल पुन: लुम्बिनी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन्। आइतबार प्रदेश प्रमुख धर्मनाथ यादवले उनलाई मुख्यमन्त्री नियुक्त गरेका हुन्।
पोखरेलले आइतबार नै मुख्यमन्त्रीबाट राजीनामा दिएका थिए। त्यसपछि बसेको एमाले संसदीय दलको बैठकले पोखरेलको नेतृत्वमा एकल बहुमतको सरकार बनाउने निर्णय गरेको थियो। साेही अनुसार पोखरेलले प्रदेश प्रमुखसमक्ष दाबी पेश गरेका थिए।
एमाले लुम्बिनी प्रदेश संसदीय दलका नेता पोखरेलई नेपालको संविधानको धारा १६८ को उपधारा (१) बमोजिम मुख्यमन्त्री पदमा नियुक्त गरिएको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता चिरञ्जिवी पाैडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। उनको शपथको समय भने तय भएको छैन।
प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चिरञ्जिवी पौडेलले विज्ञप्ति जारी गर्दै नेकपा एमाले लुम्बिनी प्रदेश संसदीय दलका नेता शंकर पोखरेलले आफ्नो नेतृत्वमा नेपालको संविधानको धारा ६८ को उपधारा १ बमोजिम सरकार गठन गर्न प्रदेशसभाका बहुमत सदस्यहरुको हस्ताक्षरसहित प्रदेश प्रमुख समक्ष दावी पेश गरेकाले उनलाई मुख्य मन्त्रीमा नियुक्त गरेका जनाएका छन् ।
पोखरेलले आजै पदबाट राजीनामा दिए लगत्तै एकल बहुमतको सरकार गठनका लागि ४१ सदस्यीय सांसदको हस्ताक्षरसहित दावी प्रस्तुत गरेका थिए । त्यसलगत्तै हस्ताक्षर गरेकी प्रदेशसभा सदस्य विमला केसी माओवादीतिर लागेको खुलासा भएको थियो । सोपछि उनी पुनः मुख्यमन्त्री बन्न सकस रहेको विश्लेषण हुँदै आएका अवस्थामा उनलाई प्रदेश प्रमुखले ‘फास्ट ट्र्याक’ मुख्यमन्त्री नियुक्त गरेका हुन् ।
मुख्यमन्त्री पोखरेलले विशेष अधिवेशन समेत अन्त्यका लागि सिफारिस गर्दै प्रदेश प्रमुखबाट अन्त्य भइसकेको छ ।

सम्बन्धित खबर
अर्थमन्त्रीको बोलीमा ‘दुई तिहाइ’ को दम्भ
परराष्ट्रमन्त्री खनाल आइतबार चीन जाँदै, भारत भ्रमणमा जस्तो सीमाबारे चुप नबस्न ओलीको सुझाव
आज यी चार प्रदेशमा मध्यमदेखि भारी वर्षाको सम्भावना
काभ्रेमा बस दुर्घटनामा मृत्यु भएका ८ मध्ये ६ जनाको सनाखत
आफूमाथि प्रश्न गर्ने सांसदलाई अर्थमन्त्रीको चेतावनी- तपाईंहरूका काण्ड पनि खुल्नेछन्
एमाले अध्यक्ष ओली अस्पताल भर्ना
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ