लुम्बिनी प्रदेशका चार विपक्षी दलको गठबन्धनले मुख्यमन्त्री शंकर पोखरेललाई पदबाट ‘खारेज’ गरेको घोषणा गरेको छ ।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा), र राष्ट्रिय जनमोर्चाको गठबन्धले बुटवलमा संयुक्त पत्रकार सम्मेलन गरी नेकपा एमालेका नेता पोखरेलले किर्ते गरेर बहुमत पु¥याएको आरोप लगाउँदै उनलाई मुख्यमन्त्री पदबाट खारेज गरेको जनाएको हो ।
पोखरेललाई मुख्यमन्त्री पदमा नियुक्त गरी शपथग्रहण गराउने प्रक्रिया असंवैधानिक भएको गठबन्धनको ठहर छ । गठबन्धनले संविधानअनुसार प्रदेशसभामा टेबुल गर्न बाँकी रहेको अविश्वासको प्रस्ताव अघि बढाउन विषेश अधिवेशनको माग पनि गरेको छ ।
आज चार दलको संयुक्त बैठकपछि पत्रकार सम्मेलन गरेर गठबन्धनले बहुमत सदस्यहरू माथि प्रहरी दमन गरी अल्पमतलाई मुख्यमन्त्री कार्यालयमै पुगेर प्रदेश प्रमुखले शपथ गराएको आरोप लगाएको छ ।
संविधान विपरीत मुख्मन्त्री पदमा नियुक्त गरेर लोकतन्त्रको धज्जी उडाउँदै निरंकुश शासनको चरित्र प्रदर्शन गरेको गठबन्धनको आरोप छ । गठबन्धनले घटनाको भर्त्सना पनि गरेको छ ।
गठबन्धनले नेकपा एमालेले सांसद विमलाकुमारी खत्रीको हस्ताक्षर किर्ते गरेको आरोप पनि लगाएको छ ।नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश संसदीय दलका नेता कुलप्रसाद केसीले एमाले नेता शंकर पोखरेल किर्ते हस्ताक्षर देखाएर मुख्यमन्त्री बनेको आरोप लगाए ।
पत्रकारहरूसँग कुरा गर्दै उनले सरकार भेन्टिलेटरमा रहेको टिप्पणी गरे । उनले आफूहरूको गठबन्धनमा ४२ जना सांसद रहेको दाबी गरे ।
सम्बन्धित खबर
प्रधानन्यायाधीशमा तोडियो वरिष्ठताको परम्परा, बालेन सरकारले चौथो वरीयताका शर्मालाई प्रधानन्यायाधीश बनाउँदै
बालेनले आफ्ना मान्छेलाई प्रधानन्यायाधीश बनाउन अनेक जालझेल गर्दैछन्ः गगन थापा
संवैधानिक आयोगमा आफ्ना मान्छे नियुक्ति गर्न सरकारले अध्यादेश ल्याएको कांग्रेसको आरोप
सरकारले जस्ता तस्तै फर्काइदिएपछि राष्ट्रपतिबाट संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी
सुदनको आरोप- ‘बालेनमा हिटलर र मुसोलिनी बन्ने सपना जागेको देखिन्छ’
‘१०० दिन पुग्नु अगावै भन्न बाध्य छौं, सरकारले आफ्नो नियत र बाटो सच्याओस्’
यो पनि पढौँ
कास्कीको रुपामा बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ
पाेखरामा सुकुम्बासीको आन्दोलन घोषणा
थापाथलीका अर्का सुकुम्बासीले पनि गरे आत्महत्या, एक महिला बेहोस
सुदनको आरोप- ‘बालेनमा हिटलर र मुसोलिनी बन्ने सपना जागेको देखिन्छ’