नेपालमा शुक्रवार हालसम्मकै सबैभन्दा बढी ९ हजार १९६ जनामा कोरोना संक्रमण पुष्टि भयो । मृतकको संख्या पनि पछिल्लो समय ह्वात्तै बढेको छ। तर, नेपालका प्रधानमन्त्री भने विश्वमाझ कोरोना नियन्त्रणमै रहेको बताउँछन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा कोरोना भाइरसको संक्रमण नियन्त्रणमा रहेको दावी गरे । भारतमा ओलीले सीएनएनसँगको अन्तर्वार्ताका क्रममा नेपालमा संक्रमणको दर नियन्त्रणमा रहेको प्रतिक्रिया दिएपछि सामाजिक संजालमा उक्त अभिव्यक्तिको विरोध सुरु भएको छ।
दैनिक हजारौंको संख्यामा संक्रमण थपिँदै गर्दा अस्पतालमा बेड र अक्सिजन नपाउँदा संक्रमितहरुको ज्यान गइरहेको भन्दै प्रधानमन्त्रीको दाबी ‘झुटो’ भएको भन्दै संजलमा बहस छेडिएको छ। संजाल प्रयोग कर्ताहरुले प्रधानमन्त्री ओलीले अर्कै कुनै नेपाल भन्ने देशको अवस्थामा नियन्त्रणमा रहेको बताएको हो कि ? भन्दै आलोचना समेत गरिरहेका छन्।
पशुपति क्षेत्रमा नदीको बिचमै मृतकको शव जलाइरहेको तस्विरहरु सार्वजनिक भएपछि नेपालबारे अन्तर्राष्ट्रिय चासो अहिले बढेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना नियन्त्रण गर्न तातोपानी, बेसार पानी, अम्बाको पात लगायत विकल्प सुझाएको विषयसमेत अन्तर्राष्ट्रिय मिडियामा चर्चाको विषय बनेको थियो।
सम्बन्धित खबर
अर्थमन्त्रीको बोलीमा ‘दुई तिहाइ’ को दम्भ
परराष्ट्रमन्त्री खनाल आइतबार चीन जाँदै, भारत भ्रमणमा जस्तो सीमाबारे चुप नबस्न ओलीको सुझाव
आफूमाथि प्रश्न गर्ने सांसदलाई अर्थमन्त्रीको चेतावनी- तपाईंहरूका काण्ड पनि खुल्नेछन्
एमाले अध्यक्ष ओली अस्पताल भर्ना
बालेननिकट नेतासँग कोशी प्रदेश सभापतिमा हारेपछि सरिनले छाडिन् रास्वपा
घर भत्काइएका सुकुम्बासीसँग गृहमन्त्री सुधनले माफी मागे
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ