जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महताेले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिन नसक्ने बताएका छन् । आइतबार बालुवाटारमा पुगेर ठाकुर र महतोले प्रधानमन्त्री ओलीसँग विश्वासको मत दिन नसक्ने जानकारी गराए ।
नेता महतोका अनुसार ओलीले आफूलाई विश्वासको मत दिन आग्रह गरेका थिए । तर, विश्वासको मतको आश नगर्न आफूहरुले जवाफ दिएको उनले बताए ।
‘तपाईंले हाम्रा माग पूरा पनि गर्नुभएको छैन । पार्टीमा पनि अप्ठ्यारो भएकाले हामी तपाईलाई विश्वासको मत दिँदैनौं भन्यौँ,’ महतोले भने, ‘विश्वासको मत दिँदा पार्टी फुट्छ । पार्टी किन फुटाउनु । केही माग पूरा गरेकाले हामी विपक्षमा पनि जाँदैनौ । तटस्थ बस्छौं भन्यौं ।’
जसपामा ओलीको निरन्तरताको पक्षमा देखिएका ठाकुर र महतोले यतिबेला पार्टी एकता कायम राख्न तटस्थ बस्ने नीति अख्तियार गर्नुपर्ने पक्षमा उभिएका छन् । जसपा अध्यक्ष उपेन्द्र यादव ओली सरकारको विपक्षमा उभिएका बेला उनीहरुले बीचको बाटोमा जानुपर्ने बताइरहेका छन् । आज बिहान काँग्रेस सभापति शेरबहादुर देउवासँग भेटेर पनि उनीहरुले विश्वासको मतको पक्षमा विपक्षीमा आफू नउभिने बताएका थिए ।
आइतबार बिहानै कांग्रेस सभापति शेरबहादुर देउवासँगको छलफलपछि ओलीलाई भेटेका थिए । देउवालाई पनि आफूहरु तटस्थ बस्ने जवाफ ठाकुर र महतोले दिएका थिए ।
प्रधानमन्त्री ओलीले सोमबार विश्वासको मत लिदैंछन् । तर, जसपा तटस्थ बस्ने भएपछि ओलीले विश्वासको मत नपाउने निश्चितजस्तै भएको छ ।
सम्बन्धित खबर
बाढीपीडितका लागि कर्मचारीको तलबबाट ३६ करोड योगदान गरिने, बिदामा पनि काम गर्नुपर्ने
प्रधानमन्त्री र भौतिकमन्त्री बाढी प्रभावित क्षेत्र नुवाकोट पुगे
गण्डकी सरकारबाट एमाले बाहिरियो, ४ मन्त्रीले बुझाए राजीनामा
सात कारण दिँदै भारतीय मिडियाले लेख्यो– १५० दिनमै जेन–जी नायकबाट ‘खलनायक’ बन्दै बालेन
गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
सभामुखको रूलिङ विपरित प्रधानमन्त्री बालेन कालो चस्मा लगाएरै संसद बैठकमा जाने
यो पनि पढौँ
पोखराको मुख्यबजार क्षेत्रमै नालीमा बगे आमाछोरी
प्रार्थनाकै समयमा १६ सय ५० विद्यार्थी पढ्ने त्रिभुवन त्रिशुली मावि बगायो
प्रधानमन्त्री बालेनको भिडियो पत्रकारले खिच्दा सेनाले गर्यो डिलिट
गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो