काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहका २८ सांसद सोमबारको प्रतिनिधिसभा बैठकमा अनुपस्थित भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन बोलाएको बैठकमा एमालेकै २८ सांसद अनुपस्थित भएका हुन् ।
एमालेका बाँकी ९३ सांसदले भने प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिएका छन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) ले पनि प्रधानमन्त्रीलाई विश्वासको मत दिएनन् । विश्वासको मत नपाएपछि प्रधानमन्त्री ओली पदमुक्त भएका छन् ।
माधव नेपाल पक्षका आठ जना सांसद बैठकमा उपस्थित भए । संसदमा उपस्थित हुनेहरूमा राजबहादुर बुढा, ध्रुव शाही, गंगा चौधरी, समिना हुसेन, पार्वती विसुंखे, हिराचन्द्र केसी र बिना बुढाथोकी मगर छन् । आठ मध्ये बुढा, शाही र केसी प्रत्यक्ष निर्वाचित सांसद हुन् । सांसद कलिला खातुन भने केही समय बैठक स्थलमा गएर फर्किएकी थिइन् ।
एमालेका भोट नहाल्ने सांसदहरुः
झलनाथ खनाल
माधवकुमार नेपाल
भीम रावल
घनश्याम भुसाल
सुरेन्द्र पाण्डे
गोकर्ण विष्ट
योगेश भट्टराई
मुकुन्द न्यौपाने
सोमप्रसाद पाण्डे
जीवनराम श्रेष्ठ
रामकुमारी झाँक्री
गणेश पहाडी
जयकुमार राई
यज्ञराज सुनुवार
नारायण खतिवडा
पवित्रा निरौला खरेल
भवानी खापुङ
दिपकप्रकाश भट्ट
विरोध खतिवडा
पुष्पाकुमारी कर्ण
झपट रावल
मेटमणि चौधरी
सरला यादव
कृष्णलाल महर्जन
कल्याणी खड्का
निरादेवी जैरु
कलिला खान
लक्ष्मीकुमारी चौधरी
सम्बन्धित खबर
सुदनले अन्तिम विकल्प संसद पुनर्स्थापना हुनसक्छ भनेपछि जेनजीहरू त्रसित
प्रतिनिधिसभा पुनर्स्थापना माग्दै कांग्रेस सांसदले दायर गरेको रिटमाथि सुनुवाइ हुँदै
एमालेको मतदानमा प्यानलको लिस्ट लान पाइने, मोबाइल लान नपाइने
एमाले महाधिवेशन : मतदान जारी, लामबद्ध प्रतिनिधि
निर्वाचित सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छौं : प्रधानमन्त्री
पर्यटनको सम्भावना बोकेको मुस्ताङको ‘झारकोट’ ओझेलमा
यो पनि पढौँ
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे
नवनियुक्त ४ मन्त्रीले लिए शपथ, को हुन् नयाँ मन्त्री?