काठमाडौं । नेकपा एमालेका नेता माधव कुमार नेपालले तत्कालका लागि आफूपक्षका सांसदहरुको राजीनामा टरेको बताएका छन् । बिहीबार प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीसँगको भेटवार्ता पछि बाहिर निस्कँदै सञ्चारकर्मीसँग कुरा गर्दै नेता नेपालले हालका लागि राजीनामा विषय टरेको बताएका हुन् ।
उनले राजीनामा दुई-चार दिनका लागि टरेको र कार्यदल बन्ने जानकारी गराएका हुन् । नेपालले भने, ‘हामीबीचको वार्ता मिल्ने दिशातर्फ गएको छ। हामी अहिलेसम्मका विवादलाई सहमतिमा आधारमा टुंग्याउछौँ’, नेपालले भने, ‘पार्टीभित्रका विवाद अब कार्यदल बनाएर मिलाउँदै जान्छौँ। हामी आजको वार्तापछि मिल्ने दिशातर्फ गएका छौँ। अहिलेलाई आज दिने भनिएको राजीनामा दुई चार दिनलाई टरेको छ।’
भेटवार्ता सकरात्मक भएको नेपालको भनाई छ । छलफलमा जेठ २ मा फर्कने, फागुन २८ को निर्णय फिर्ताका बारेमा पनि छलफल भएको उनले बताए । बिहीबार दिउँसोबाट अध्यक्ष ओली र नेता नेपाल व्यवसायी क्याप्टेन रामेश्वर थापाको बुढानिलकण्डस्थित निवासमा भेटवार्ता गरेका थिए । यो भेटवार्तापछि एमालेमा एकताको सम्भावना सुदृढ भएको देखिएको छ ।
जेठ २ मा फर्किन ओली तयार, गृहकार्यका लागि कार्यदल बन्ने
ओली २०७५ जेठ २ मा फर्किन तयार भएका छन्। छलफलमा ओली ७५, जेठ २ मा फर्कन तयार भएको र आफूले राखेको प्रस्तावमा सकारात्मक देखिएको वरिष्ठ नेता माधव कुमार नेपालले आफू निकट नेताहरूलाई ब्रिफिङ गरेका छन्।
अब दुई पक्षका बिचमा कार्यदल बन्नेछ। कार्यदलले कसरी पार्टीभित्रको विवाद अन्त्य गर्ने भनेर निर्णय गर्नेछ। नेपाल पक्षले पार्टीलाई २०७५ जेठ २ गतेको संरचनामा लैजानुपर्ने अडान राख्दै आएको छ।
उनीहरूले त्यतीबेलैको पदाधिकारी, स्थायी कमिटी, पोलिटब्यूरो अनि केन्द्रीय कमिटी हुनुपर्ने माग राखेका छन्। जिल्ला कमिटीहरू र जनवर्गीय संगठनसमेत नवौं महाधिवेशन अनुसारकै हुनुपर्ने अडान नेपाल पक्षको छ। तर प्रधानमन्त्री केपी ओलीले भने नेपाल पक्षलाई सहभागि नगराई सबै कमिटी भंग गरेर महाधिवेशन आयोजक कमिटी बनाएका छन्।
नेपाल पक्षले सहमतिका लागि ओली तयार नभए आज सांसद पदबाट राजीनामा दिने चेतावनी ओलीलाई दिएका थिए। वरिष्ठ नेता नेपालले वैशाख २६ गते मध्यरातमा ओलीलाई लेखेको ६ बुँदे प्रस्ताव सहितको पत्रसमेत बुझाएका छन्। नेपाल आफैंले पत्र पढेर हस्ताक्षर गरेर सो पत्र बुझाएका थिए।
ओलीलाई नेपालले ढाँटको निम्ति खाइ पत्याउनु जस्तो नहोस् भनेर समेत सचेत गराएका थिए।
सम्बन्धित खबर
बाढीपीडितका लागि कर्मचारीको तलबबाट ३६ करोड योगदान गरिने, बिदामा पनि काम गर्नुपर्ने
प्रधानमन्त्री र भौतिकमन्त्री बाढी प्रभावित क्षेत्र नुवाकोट पुगे
गण्डकी सरकारबाट एमाले बाहिरियो, ४ मन्त्रीले बुझाए राजीनामा
सात कारण दिँदै भारतीय मिडियाले लेख्यो– १५० दिनमै जेन–जी नायकबाट ‘खलनायक’ बन्दै बालेन
गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
सभामुखको रूलिङ विपरित प्रधानमन्त्री बालेन कालो चस्मा लगाएरै संसद बैठकमा जाने
यो पनि पढौँ
पोखराको मुख्यबजार क्षेत्रमै नालीमा बगे आमाछोरी
प्रार्थनाकै समयमा १६ सय ५० विद्यार्थी पढ्ने त्रिभुवन त्रिशुली मावि बगायो
प्रधानमन्त्री बालेनको भिडियो पत्रकारले खिच्दा सेनाले गर्यो डिलिट
गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो