काठमाडौं । नेकपा एमालेभित्र अहिले जेठ २ गते फर्कनुपर्ने माग जोडदाररुपमा उठिरहेको छ । २ जेठ २०७५ को अवस्था भनेको अदालतको फैसलाले बनाइदिएको हो । २३ फागुन २०७७ को सर्वोच्च अदालतको फैसलाले ऋषिराम कट्टेल निवेदक रहेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले साबिक नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) ब्युँताइदिएको हो ।
सर्वोच्चको त्यो फैसलाले ३ जेठ २०७५ मा एमाले र माओवादी केन्द्र एकीकृत भएर बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) खारेज गर्यो । यो अवस्थामा नेपाल समूहले २ जेठमा पुग्नुपर्ने मागलाई बटम लाइन बनाउँदै आएको छ ।
तर चलाख पार्टी अध्यक्ष केपी ओलीले वार्तामा माओवादी केन्द्रबाट सांसद पद त्यागेर एमाले छिरेका रामबहादुर थापा बादललाई घुसाइदिए । ओलीले नबोलीकन व्यवहारबाटै आफू जेठ २ मा फर्कन तयार नभएको र अहिले अवस्था अप्ठेरो भएर केही लचिलो हुनुपरेको सन्देश दिएको आंकलन गर्न थालिएको छ ।
बादलको उपस्थितिले वार्तामा समस्या हुन थालेको छ । अध्यक्ष ओलीले दुई पक्षबीचको विवाद समाधान गर्न गठन गरिने कार्यदलमा बादललाई राख्नुपर्ने प्रस्ताव गरेपछि नेपाल पक्षले विरोध जनाएको हो । शनिबार वरिष्ठ नेता नेपालले भर्चुअल बैठक राखेर आफूनिकट केन्द्रीय सदस्यहरूसँग छलफल गरेका थिए ।
बैठकमा ओलीले किन बादललाई वार्तामा राख्न चाहेका छन् भनेर धेरै नेताले प्रश्न उठाए । नेपाल पक्षका नेताहरुको तर्क छ- हामी माओवादीबाट आएका साथीहरुलाई स्वीकार्न तयार छौं । तर हाम्रो फरक प्रकारको विवादमा उहाँहरुको सहभागिताको अर्थ र औचित्य छैन ।
ओलीका यिनै कदमहरुलाई लिएर नेपाल समूहका नेताहरुले उनको भुलभुलैयामा नपरेर तत्काल नयाँ पार्टी दर्ता गर्दा हित हुने सुझाव दिएका छन् । नेपाल समूहका स्रोतका अनुसार केन्द्रीय सदस्यहरुले दोस्रो तहका नेताहरु ओलीको भुलभुलैयामा फसेको र नेपाललाई निर्णय लिन अप्ठेरो पारेको भन्दै आलोचना पनि गरेका थिए ।
शुक्रबारदेखि सुरु भएको जुम मिटिङमा शनिबारसम्म ४० जना नेताहरुले बोलिसकेका छन् । बोल्नेमध्ये अधिकांश नेताहरुले नयाँ पार्टी दर्ता गरेर अगाडि बढ्न नेताहरुलाई दबाव दिएको बैठकमा सहभागी एक नेताले बताए । उनीहरुले आफ्नो नेताले बोल्ड डिसिजन लिन नसकेको र इतिहासका ओलीले दिएका धेरै धोकाहरुबाट पनि पाठ नसिकेको भन्दै नेताहरुको आलोचना गरेका हुन् ।
‘ओलीले संकटमोचनको लागि मात्रै लचक भएको र आफू सजिलो ठाउँमा पुग्दा पेल्न थालिहाल्छन् भन्ने अधिकांश साथीहरुको मत थियो,’ ती नेताले भने ।
सम्बन्धित खबर
लोकतान्त्रिक अभ्यासलाई सुदृढ गर्न आगामी निर्वाचन महत्त्वपूर्ण: उपराष्ट्रपति
जनताको साथ रहेसम्म एमालेलाई कसैले हराउन सक्दैन: ओली
संसद पुनर्स्थापनाको विषयमा सर्वोच्च भाग्न पाउँदैन: महेश बस्नेत
मैले चुनाव हार्नुपर्ने कारण छैन, लमजुङबाट चुनाव जितेरै आउँछु : पृथ्वीसुब्बा गुरुङ
संसद पुनर्स्थापनाको चलखेल भइरहेको रवि लामिछानेको दाबी
सामाजिक सञ्जाल नियमनसम्बन्धी विधेयक संसदबाट फिर्ता लिन सरकारको निर्णय
यो पनि पढौँ
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ
सुनकाे मूल्य आज घट्यो
चुनावी तालमेल गर्न प्रचण्ड माधवलाई ओलीको प्रस्ताव
बालेनसँगै चुनावी अभियानमा हिँडेका पत्रकार सिटौला अछाममा बेहोस, सेनाको हेलिकप्टर पठाइयो