काठमाडौं । नेकपा एमालेभित्र अहिले जेठ २ गते फर्कनुपर्ने माग जोडदाररुपमा उठिरहेको छ । २ जेठ २०७५ को अवस्था भनेको अदालतको फैसलाले बनाइदिएको हो । २३ फागुन २०७७ को सर्वोच्च अदालतको फैसलाले ऋषिराम कट्टेल निवेदक रहेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले साबिक नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) ब्युँताइदिएको हो ।
सर्वोच्चको त्यो फैसलाले ३ जेठ २०७५ मा एमाले र माओवादी केन्द्र एकीकृत भएर बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) खारेज गर्यो । यो अवस्थामा नेपाल समूहले २ जेठमा पुग्नुपर्ने मागलाई बटम लाइन बनाउँदै आएको छ ।
तर चलाख पार्टी अध्यक्ष केपी ओलीले वार्तामा माओवादी केन्द्रबाट सांसद पद त्यागेर एमाले छिरेका रामबहादुर थापा बादललाई घुसाइदिए । ओलीले नबोलीकन व्यवहारबाटै आफू जेठ २ मा फर्कन तयार नभएको र अहिले अवस्था अप्ठेरो भएर केही लचिलो हुनुपरेको सन्देश दिएको आंकलन गर्न थालिएको छ ।
बादलको उपस्थितिले वार्तामा समस्या हुन थालेको छ । अध्यक्ष ओलीले दुई पक्षबीचको विवाद समाधान गर्न गठन गरिने कार्यदलमा बादललाई राख्नुपर्ने प्रस्ताव गरेपछि नेपाल पक्षले विरोध जनाएको हो । शनिबार वरिष्ठ नेता नेपालले भर्चुअल बैठक राखेर आफूनिकट केन्द्रीय सदस्यहरूसँग छलफल गरेका थिए ।
बैठकमा ओलीले किन बादललाई वार्तामा राख्न चाहेका छन् भनेर धेरै नेताले प्रश्न उठाए । नेपाल पक्षका नेताहरुको तर्क छ- हामी माओवादीबाट आएका साथीहरुलाई स्वीकार्न तयार छौं । तर हाम्रो फरक प्रकारको विवादमा उहाँहरुको सहभागिताको अर्थ र औचित्य छैन ।
ओलीका यिनै कदमहरुलाई लिएर नेपाल समूहका नेताहरुले उनको भुलभुलैयामा नपरेर तत्काल नयाँ पार्टी दर्ता गर्दा हित हुने सुझाव दिएका छन् । नेपाल समूहका स्रोतका अनुसार केन्द्रीय सदस्यहरुले दोस्रो तहका नेताहरु ओलीको भुलभुलैयामा फसेको र नेपाललाई निर्णय लिन अप्ठेरो पारेको भन्दै आलोचना पनि गरेका थिए ।
शुक्रबारदेखि सुरु भएको जुम मिटिङमा शनिबारसम्म ४० जना नेताहरुले बोलिसकेका छन् । बोल्नेमध्ये अधिकांश नेताहरुले नयाँ पार्टी दर्ता गरेर अगाडि बढ्न नेताहरुलाई दबाव दिएको बैठकमा सहभागी एक नेताले बताए । उनीहरुले आफ्नो नेताले बोल्ड डिसिजन लिन नसकेको र इतिहासका ओलीले दिएका धेरै धोकाहरुबाट पनि पाठ नसिकेको भन्दै नेताहरुको आलोचना गरेका हुन् ।
‘ओलीले संकटमोचनको लागि मात्रै लचक भएको र आफू सजिलो ठाउँमा पुग्दा पेल्न थालिहाल्छन् भन्ने अधिकांश साथीहरुको मत थियो,’ ती नेताले भने ।
सम्बन्धित खबर
पत्रकार पक्राउ प्रकरणमा दोषीलाई कारबाही गर्न रास्वपाद्वारा सरकारलाई निर्देशन
बालेनलाई तनुजाको कटाक्षः देशलाई नै लुडो बनाइसक्नुभयो, अब यसको श्रेय पनि आफैँ लिनुहोस्
आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
रवि भारततर्फ, भने- ‘भाकल पूरा गर्न भारत जान लागेको हुँ, राजनीतिक खिचडी नपकाउनुहोला’
रविलाई दाइ हरिशरणका पाँच सुझाव : प्रदेशको विषयमा स्पष्ट धारणा बनाउनु
एमालेको एक्शनः ३० लाख ‘घुस डिल’को आरोप लागेका पूर्व स्वास्थ्यमन्त्री पाण्डेमाथि कारबाही गर्न सिफारिस
यो पनि पढौँ
पोखरामा स्कुटर दुर्घटना हुँदा कुँवरको मृत्यु
आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
जीर्ण पोल र गुजुल्टिएका तार हटाएपछि फर्कियो पोखराको सौन्दर्य
गुल्मीमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु, ३ जना घाइते