काठमाडौं । नेकपा एमालेले पार्टीको उम्मेदवारको विपक्षमा मत दिनुलाई गम्भीरतापूर्वक लिएको बताएको छ ।
बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी कमिटी बैठकमा माधव नेपाल पक्षले राष्ट्रियसभा उपनिर्वाचनमा पार्टीका उम्मेदवार रामबहादुर थापा बादललाई मत नदिएको बारेमा गम्भीर छलफल भएको प्रवक्ता प्रदीप ज्ञवालीले बताए ।
बैठकले पार्टीविरोधी गतिविधि र पार्टीको विरुद्धमा मतदान गर्ने प्रवृत्तिको भर्त्सना गरेको र यो घटनालाई क्षम्य मान्न नसकिने ज्ञवालीले बताए । उनले कार्यदल बनेपछि पनि पार्टीका विपक्षमा मतदान गर्ने कुरालाई सामान्य रूपमा लिन नसकिने प्रतिक्रिया दिए ।
बैठकमा माधव नेपाल पक्षको उद्देश्य एमालेमा रहने खालको नदेखिएकोले कार्यदलको वार्ता अघि बढाउने कि नबढाउने भन्ने बारेमा समेत गम्भीर छलफल भएको एमाले स्रोतले जनाएको छ । एकपटक निर्णायक ढंगले छलफल गर्ने र त्यसपछि पनि पार्टीविरुद्ध उभिने क्रम जारी रहे वार्ता प्रक्रिया बन्द गर्नुपर्ने विषय समेत उठेको बताइएको छ ।
एमालेमा एकता प्रयास शुरु हुनु अगाडि नेपाल समूहका डा. खिमलाल देवकोटालाई विपक्षी दलहरुले साझा उम्मेदवार बनाएका थिए । एमालेमा एकता प्रयास शुरु भएपछि पनि देवकोटाको उम्मेदवारी कायमै रह्यो । एमाले अध्यक्ष र महासचिवले पार्टीका उम्मेदवारलाई मत दिन निर्देशन दिए पनि कतिपयले अवज्ञा गरेका छन् ।
‘पार्टी निर्देशन अवज्ञा गर्दै कतिपय नेता र जनप्रतिनिधिहरुले जुन ढंगले क्रियाकलाप गर्नुभयो त्यसलाई बैठकले अत्यन्त गम्भीरतापूर्वक लिएको छ’ प्रवक्ता ज्ञवालीले भने ।
जेठ २ मा पार्टी विवाद समाधान गर्न कार्यदल बनेपछि पार्टीको निर्णय सबैले मान्नुपर्ने उनले बताए । अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच वार्ता भएर कार्यदल बनेको २ जेठलाई कट अफ डेट मान्न सकिने भन्दै ज्ञवालीले भने, ‘कार्यदल बनिसकेपछि त्यो भन्दा अगाडि र पछाडिका कुरालाई एउटै ढंगले हेर्न मिल्दैन । यो विषय असाध्यै गम्भीरतापूर्वक लिएका छौं ।’
हेर्नुहोस् निर्णय

सम्बन्धित खबर
मधेशको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त
प्रतिनिधि सभा निर्वाचन: शनिबारदेखि समानुपातिकको प्रक्रिया सुरु, प्रत्यक्षको मनोनयन माघ ६ मा
नेपालले पर्यटनबाट लाभ लिन पहिले त राजनीति नै ठीक हुनुपर्छः वीरेन्द्र बहादुर बस्नेत
लाभका पदमा बसेर पार्टीलाई लेबी नतिरे कांग्रेसबाट उम्मेदवार बन्न नपाइने, ३ नाम मात्र सिफारिस गर्न पाइने
हर्क साम्पाङको पार्टीको सिद्धान्त – जेनजी पुस्तालाई हप्तामा तीन दिन मात्र पढ्न दिने
निकट सात भाइलाई देउवाको सन्देश- महाधिवेशन हुन्छ, नेतृत्वका लागि एक जनाको नाम टुंगो लगाउनुस्
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’