राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरी मध्यावधि निर्वाचन घोषणालाई विपक्षी दलका नेताहरूले संविधान च्यात्ने काम र प्रतिगमन भाग २ भन्दै चर्को आक्रोश व्यक्त गरेका छन् । विपक्षी पाँच दलको तर्फबाट शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने सबै सांसदले सर्वोच्चमा मुद्धाहाल्ने तयारी गरेका छन् । केही बेरमा पाँच दलको बानेश्वरमा बैठक बसेर त्यरबारेमा निर्णय लिइने नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले बताए ।
प्रमुख विपक्षी नेपाली कांग्रेससहित, माओवादी केन्द्र, जसपा, एमालेको विद्रोही समूह (माधव नेपाल समूह) र राष्ट्रिय जनमोर्चाको बैठक बसेर संघर्षका कार्यक्रम तय गर्ने भएको छ ।
नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकपछि नेता पौडेलले भने, ‘बानेश्वरमा सर्वदलीय बैठक गर्ने र हिजो देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका १४९ जनाकै तर्फबाट अदालतमा रिट हाल्नेबारे छलफल गर्छौं।’ पौडेलले दलहरूले बहुमतसहित प्रधानमन्त्रीको विकल्प दिँदादिँदै पनि प्रतिनिधि सभा विघटन गरेर संविधान र लोकतन्त्रमाथि राष्ट्रपति र प्रधानमन्त्रीले जालसाजी गरेको आरोप लगाए ।
गत राती संसद विघटन भएर मध्यावधि घोषणा भएपछि र आफूहरुको पक्षमा प्रष्ट बहुमत भएको अवस्थामा जालझेल गरेर प्रधानमन्त्री नवनाइएको भन्दै विपक्षी दलहरु आक्रोशित भएका छन् । विपक्षी गठवन्धनको पक्षमा १४९ जना सांसदहरुले हस्तक्षर नै गरेका थिए ।
सम्बन्धित खबर
रौतहटमा रास्वपा उम्मेदवार सवार गाडीको ठक्करबाट ४ वर्षीया बालिकाको मृत्यु, उम्मेदवार र चालक फरार
दल र उम्मेदवारले २५ हजारभन्दा बढी नगद सहयोग लिन नपाइने, पुराना खाताको रकम नयाँमा सार्नुपर्ने
लोकतान्त्रिक अभ्यासलाई सुदृढ गर्न आगामी निर्वाचन महत्त्वपूर्ण: उपराष्ट्रपति
जनताको साथ रहेसम्म एमालेलाई कसैले हराउन सक्दैन: ओली
संसद पुनर्स्थापनाको विषयमा सर्वोच्च भाग्न पाउँदैन: महेश बस्नेत
मैले चुनाव हार्नुपर्ने कारण छैन, लमजुङबाट चुनाव जितेरै आउँछु : पृथ्वीसुब्बा गुरुङ
यो पनि पढौँ
सुनकाे मूल्य आज घट्यो
चुनावी तालमेल गर्न प्रचण्ड माधवलाई ओलीको प्रस्ताव
बालेनसँगै चुनावी अभियानमा हिँडेका पत्रकार सिटौला अछाममा बेहोस, सेनाको हेलिकप्टर पठाइयो
बालेनलाई निर्वाचन आयोगले सोध्यो दोस्रोपटक स्पष्टीकरण