काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन अपरिहार्य भएकाले तयारीमा जुट्न निर्वाचन आयोगका पदाधिकारीहरूलाई निर्देशन दिएका छन् ।
मध्यावधि निर्वाचन घोषणा गरेको १२ घण्टा नबित्दै निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त र अन्य पदाधिकारीहरूलाई बालुवाटारमा बोलाएर प्रधानमन्त्री ओलीले तयारीमा जुट्न निर्देशन दिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए ।
‘निवार्चन अहिलेको अपरिहार्य आवश्यकता हो, अपरिहार्य भएकाले नै मुलुक यसरी निर्वाचनतर्फ अघि बढ्दैछ,’ प्रधानमन्त्रीलाई उद्धृत गर्दै थापाले भने, ‘तपाईंहरू घोषित मितिमा निर्वाचनको तयारीमा जुट्नुस् ।’
संविधानको धारा ७६ को उपाधारा ५ बमोजिम प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको राष्ट्रपतिसमक्ष पेश गरिएको दावीमा बहुमत पुर्याउने आधार नदेखिएको राष्ट्रपतिको कार्यालयले जनाएको थियो ।
त्यसलगत्तै बसेको मन्त्रिपरिषद्को बैठकले मध्यावधि निर्वान गर्न सिफारिस गरेपछि शनिबार बिहान राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गर्दै कात्तिक २६ र मंसिर ३ गते मध्यावधि निर्वाचनको घोषणा गरेकी हुन् ।
सम्बन्धित खबर
मैले चुनाव हार्नुपर्ने कारण छैन, लमजुङबाट चुनाव जितेरै आउँछु : पृथ्वीसुब्बा गुरुङ
संसद पुनर्स्थापनाको चलखेल भइरहेको रवि लामिछानेको दाबी
सामाजिक सञ्जाल नियमनसम्बन्धी विधेयक संसदबाट फिर्ता लिन सरकारको निर्णय
सिंहदरबार पुग्न होइन, सिंहदरबार बदल्न घण्टीमा भोट माग्दैछुः रवि लामिछाने
मौसमले साथ नदिए हिमाली जिल्लामा दोस्रो चरणमा निर्वाचन : प्रधानमन्त्री
बालेनलाई निर्वाचन आयोगले सोध्यो दोस्रोपटक स्पष्टीकरण
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ
सुनकाे मूल्य आज घट्यो