पोखरा । एमाले नेता एवं पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले ठूलो मूल्य चुकाएर जारी भएको संविधानमाथि प्रधानमन्त्री केपी ओलीले तानाशाही बुट बजार्दै त्यसलाई धुजाधुजा पारेको आरोप लगाएका छन् ।
नेपालले शनिबार विज्ञप्ति जारी गर्दै ओलीको प्रतिनिधिसभा भंग गर्ने कदमले लोकतन्त्र, राष्ट्रियता र जनजीविकाका लागि विगतमा जनताले बगाएको रगत र पसिना तथा सहिदहरुको त्यागको घार अपमान भएको समेत बताएका छन् ।
नेपालले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले अनुचित साँठगाँठ गरेर प्रतिनिधि सभा भंग गरेको पनि बताएका छन् ।

पूर्वप्रधानमन्त्री समेत रहेका नेता नेपालले नयाँ सरकार निर्माणका लागि काँग्रेस सभापति शेरबहादुर देउवाको पक्षमा प्रतिनिधि सभाका १४९ सदस्यहरु स्पष्ट बहुमत रहेको यथार्थलाई वेवास्ता गर्दै प्रधानमन्त्री नियुक्त गर्नुको साटो संवैधानिक प्रावधान कुल्चेर प्रतिनिधि सभा भंग गरेको विज्ञप्तिमा उल्लेख गरेका छन् ।
‘ यो प्रधानमन्त्री केपी शर्मा ओलीको नेपाली जनताले आफ्नो बारेमा आफै निर्णय गर्न पाउने तथा राष्ट्रिय स्वतन्त्रता, स्वाधिनता, राष्ट्रिय अखण्डता र राष्ट्रिय स्वाभिमानलाई सर्वोपरी राख्दै राज्य सञ्चालन गर्नुपर्ने संवैधानिक र पदीय मर्यादा विपरित क्रियाकलापकै निरन्तरता हो, नेता नेपालले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
नेता नेपालले ओलीको संसद विघटन गर्ने दलहरुलाई फुटाउने र संविधानमाथि आघात पर्ने अलोकतान्त्रिक कदम २०७७ साल बैशाखबाटै सुरु गरेको समेत बताएका छन् ।
अध्यादेश परिवर्तन गरी दलहरूलाई फुटाउने र नेपालको संविधानमाथि आघात गर्ने २०७७ बैशाखबाट सुरु भएको अलोकतान्त्रिक यात्रा पुस ५ मा प्रतिनिधि सभा विघटन, फागुनमा नेकपा विभाजन हुदै जेठ ७ को मध्यराति देशघाती र जनघाती कुकर्मका रुपमा प्रकट गरेको नेता नेपालको भनाइ छ ।
विज्ञप्तिमा नेता नेपालले प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीको लोकतन्त्र र संविधान विरोधी कदमको निन्दा गर्दै देश, जनता र लोकतन्त्र खतरामा परिरहेको जटिल परिस्थितिमा नवौं राष्ट्रिय महाधिवेशनको मार्गनिर्देशन,पार्टी विधान र लोकतन्त्र पक्षधर नेता, कार्यकर्ता र सदस्य शुभेच्छुकहरुलाई दृढताका साथ एकतावद्ध भइ प्रतिगमनविरुद्ध अघि बढ्न आग्रह गरेका छन् ।
सम्बन्धित खबर
अर्थमन्त्रीको बोलीमा ‘दुई तिहाइ’ को दम्भ
परराष्ट्रमन्त्री खनाल आइतबार चीन जाँदै, भारत भ्रमणमा जस्तो सीमाबारे चुप नबस्न ओलीको सुझाव
आफूमाथि प्रश्न गर्ने सांसदलाई अर्थमन्त्रीको चेतावनी- तपाईंहरूका काण्ड पनि खुल्नेछन्
एमाले अध्यक्ष ओली अस्पताल भर्ना
बालेननिकट नेतासँग कोशी प्रदेश सभापतिमा हारेपछि सरिनले छाडिन् रास्वपा
घर भत्काइएका सुकुम्बासीसँग गृहमन्त्री सुधनले माफी मागे
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ