काठमाडौं। राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले मानव जीवनको रक्षाका लागि आपसी सहयोग र अनुभव आदान(प्रदान महत्वपूर्ण हुने बताएका छन् ।
चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्रष्ट्रिय विभागले आयोजना गरेको भर्चअल बैठकमा बोल्दै अध्यक्ष तिमिल्सिनाले अहिलेको पुस्ताले भोग्नुपरेका महामारी मध्येमा यो सबैभन्दा ठूलो मानवीय संकट भएकाले आपासी सहयोग र अनुभव आदान(प्रदानबाट यसलाई पराजित गर्नुपर्ने बताए ।
उनले नेपालमा क्रियाशिल मुख्य राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि सहभागी गराएर महत्वपूर्ण कार्यक्रम आयोजनाका गरेकोमा चिनियाँ कम्युनिष्ट पार्टीलाई धन्यवाद व्यक्त गरे ।
‘विश्वनै एक गाउँका रुपमा स्थापित एक्काइसौ शताब्दीको अन्तरनिर्भर विश्वमा कोभिड–१९ जस्तो महामारी परास्त गर्न अन्तर्राष्ट्रिय सहकार्यनै सबैभन्दा ठूलो औजार हो ।’ अध्यक्ष तिमिल्सिनाले भने, ”यस महामारी विरुद्धको लडाईमा महामहिम राष्ट्रपति सी चीनफिङको सवल नेतृत्वमा चीनले अग्रणी भूमिका निर्वाह गरिरहेको छ। महामारीको समयमा राज्येले खेल्नुपर्ने भूमिका, संक्रमण दर तिब्र भएको कोरोना जस्तो भाइरसको फैलावट रोक्ने विधि ‘लकडाउन’देखि कोभिड प्रतिरोधी खोपको विकासमा चिनियाँ मोडल विश्वाव्यापी भएको छ।”
चीनले स्वयं महामारीसंग जुधिरहेको समयमा समेत नेपालसहितका छिमेकी र अन्य मुलुहरुलाई गरेको सहयोग स्मरणीय रहने बताए । ‘महामारीका समयमा अत्यावश्यक सामग्री उत्पादन र वितरण गरी चीनले आफूलाई विश्वको उदाउँदो शक्ति रुपमा स्थापित मात्रै गरेको छैन, समग्र मानवीय हित रक्षाको अगुवाको पहिचान बनाएको छ, उनले अघि भने।
अध्यक्ष तिमिल्सिनाले नेपालमा पहिलो वेभका बेला तुलनात्मकरुपमा कम क्षति भएपनि दोस्रो वेभको संक्रमण र मृत्युदर नियन्त्रणका लागि अस्पतालको सैया, अक्सिजन, आइसीयु, भेन्टिलेटर, व्यक्तिगत स्वाथ्य सुरक्षा सामाग्री (पीपीई) जीवनवर्धक औषधी र खोपको व्यवस्थापनका लागि मित्रराष्ट्र चीनबाट भएको सहयोगका लागि धन्यवाद व्यक्त गरे ।
पछिल्लो पटक चीनले उपलब्ध गराएको अक्सिजन सिलण्डरका कारण मात्रै पनि हजारौ नेपालीको जीवन रक्षामा सहयोग पुगेको छ, उनले भने।’ ‘चीन सरकारले अनुदानमा उपलब्ध गराएको भेरोसिल खोप लिएका नागरिकमा अब महामारी परास्त गर्न सकिन्छ भन्ने आत्मविश्वास देखिन्छ । अन्य लाखौ नागरिक त्यस्तै खोपको प्रतिक्षामा छन्।’
अध्यक्ष तिमिल्सिनाले महामारीको अवस्थामा मानव जीवनको रक्षा नै सबैको पहिलो प्राथमिकता हुनुपर्ने सो क्रममा बताए ।
महामारीको भौगोलिक र राजनीतिक सीमा छैन । मानव सभ्यता र जीवन मृत्यका अघि भौगोलिक सीमाना, राजनीतिक व्यवस्था र आर्थिक स्थिति जस्ता विषय गौण रहेछन्, उनले भने, “अन्ततोगत्वा हामी सबै मानवजाती एक रहेछौँ र एक भएर नै यस संकटबाट मुक्ति पाउन सक्छौँ।”
कार्यक्रममा नेपालबाट एमालेका महासचिव तथा उपप्रधानमन्त्री ईश्वर पोखरेल, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस नेता डा । नारायण खड्कालगायत विभिन्न दलका प्रमुख तथा प्रतिनिधिको सहभागीता रहेको थियो।
त्यसैगरी चीनको तर्फबाट विदेश विभागका मन्त्री सोङ ताव र उपमन्त्री चेन झोउ लगायतको प्रतिनिधिमण्डल सहभागी भएका थिए ।
सम्बन्धित खबर
मधेशको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त
प्रतिनिधि सभा निर्वाचन: शनिबारदेखि समानुपातिकको प्रक्रिया सुरु, प्रत्यक्षको मनोनयन माघ ६ मा
नेपालले पर्यटनबाट लाभ लिन पहिले त राजनीति नै ठीक हुनुपर्छः वीरेन्द्र बहादुर बस्नेत
लाभका पदमा बसेर पार्टीलाई लेबी नतिरे कांग्रेसबाट उम्मेदवार बन्न नपाइने, ३ नाम मात्र सिफारिस गर्न पाइने
हर्क साम्पाङको पार्टीको सिद्धान्त – जेनजी पुस्तालाई हप्तामा तीन दिन मात्र पढ्न दिने
निकट सात भाइलाई देउवाको सन्देश- महाधिवेशन हुन्छ, नेतृत्वका लागि एक जनाको नाम टुंगो लगाउनुस्
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’