काठमाण्डौ। गृहमन्त्रालयले स्वास्थ्य संस्थामा तोडफोड गर्ने र स्वास्थ्यकर्मीलाई कुटपिट तथा आक्रमण गर्नेलाई कानुनी कारवाही हुने जनाएको छ ।
कोभिड–१९ सङ्क्रमण महामारीका बीच संवेदनशिलताका साथ काममा खटिएका स्वास्थ्यकर्मीमाथि भएको आक्रमण र तोडफोड आफैँमा गैरकानूनी र गैरजिम्मेवारपूर्ण कार्य भएको उल्लेख गर्दै मन्त्रालयले यस्ता कार्यमा संलग्न जो कोहीलाई तत्काल नियन्त्रणमा लिइ कानूनी कारवाही गर्ने कुरामा दृढ रहेको जनाएको छ । मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी देशका विभिन्न अस्पतालमा उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई बिरामीका आफन्तबाट दुव्र्यवहार, अस्पताल भित्र तोडफोड र स्वास्थ्यकर्मीमाथि अनावश्यक दवाव आएको जानकारी प्राप्त भएकाले बिरामीको मृत्युको विषयलाई लिएर भएका यस्ता गतिविधिको निन्दा गरेको छ ।
मन्त्रालयले साझा शत्रुको रुपमा रहेको कोरोनाका बिरामीको उपचार, सङ्क्रमण नियन्त्रण तथा रोकथामको कार्यलाई थप प्रभावकारी बनाउने कार्यमा स्वास्थ्यकर्मीबाट निर्वाह भएको भूमिका र योगदानको मुक्त कण्ठले प्रशंसा गरेको छ ।
यही जेठ १३ गते राति भेरी अस्पतालको कोभिड वार्डमा उपचाररत बिरामीको मृत्युको घटनालाई लिएर उक्त वार्ड भित्रै छिरेर चिकित्सक र नर्समाथि भएको हातपात र भौतिक आक्रमणको सम्बन्धमा मन्त्रालयले गम्भिर ध्यानाकर्षण भएको जनाउँदै निन्दा गरेको छ । यस्ता कार्य निषेधित फौजदारी कसुरजन्य कार्य भएकाले त्यस्ता व्यक्तिलाई कानूनी कारवाही गर्दै स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाको सुरक्षा राज्यले गर्ने विज्ञप्तिमा उल्लेख छ ।
मन्त्रालयले उक्त घटनाको विषयमा छानविन गर्न बाँकेका सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा सात सदस्यीय छानविन समिति गठन भइ छानविनको काम भइरहेको जनाएको छ।
बाँकेलगायत सोलुखुम्बु, धनुषा, कास्की, तथा मोरङ जिल्लामा भएका यस्ता घटनामा सङ्लग्नउपर कानून बमोजिम कारवाही गरिसकिएको मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका प्रवक्ता जनकराज दाहालद्धारा जारी विज्ञप्तिमा भनिएको छ, “कोभिडका विबरामीको उपचारमा खटिने स्वास्थ्यकर्मी माथि हुने यस प्रकारका घटना रोक्न, दोषीलाई कानुन बमोजिम कारवाही गर्न, स्वास्थ्यकर्मीको सुरक्षामा विशेष ध्यान पुर्याउन तथा स्वास्थ्य संस्थामा भरपर्दाे सुरक्षाको प्रत्याभूति दिलाउन सम्बन्धित जिल्ला प्रशासनलाई निर्देशन दिइसकेको छ ।” उपचारमा संलग्न स्वास्थ्यकर्मीको मनोबल बढाउने कुरामा मन्त्रालय गम्भिरताका साथ लागिरहेकाले स्वास्थ्यकर्मीलाई संयमित भएर उपचार कार्य जारी राख्न मन्त्रालयले अपिल गरेको छ ।
सम्बन्धित खबर
पूर्वाधारमन्त्री सुनिल लम्सालको सचिवालय ३९ सदस्यीय ! फेरि थपियो विज्ञ सल्लाहकार
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
मौलापुरकी मेयरले बालेनलाई भनिन्: टुकुचामा गाडिदिने भन्नुहुन्थ्यो, क-कसलाई लालबकैयामा गाड्नुपर्ने हो, सल्लाह पाऊँ
कृष्णभीरमा पहिरो हटाएर खुल्यो नयाँ ट्रयाक, असोज १ देखि दुईतर्फी खुल्ने
कांग्रेस फुटबाट जोगाउन अब गाह्रो, इतर समूहले पनि सार्वजनिक गर्यो १५औं महाधिवेशनको कार्यतालिका
दुर्गा प्रसाईं भन्छन्: देश जलाउने राजनीतिमा मेरो रुची छैन
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
स्याङ्जा पुगेर गगनले भने– आवश्यक परे नेतृत्व छाड्न तयार छु
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला