धनगढी । कैलालीको घोडाघोडी नगरपालिकाले सञ्चालन गरेको अस्थायी कोरोना अस्पतालमा कार्यरत स्टाफ नर्स ज्योति चौधरीका आँखामा खुशीका आँसु थिए । आफ्ना तर्फबाट अथक प्रयास गर्दागर्दै बिरामीलाई बचाउन नसकेका घटनाले रुवाएको ज्योतिको मन बिहीबार प्रफुल्लित मुद्रामा हुनुको कारण एकदमै नाजुक अवस्थामा अस्पताल भर्ना भएका घोडाघोडी नगरपालिका–६ का तुलाराम डगौरालाई आठ दिनमा अस्पतालबाट सञ्चो बनाएर पठाउँदाको हो ।
एक हप्ताअघि उपचारकै क्रममा सङ्क्रमितको मृत्यु हुँदा ज्यान बचाउन नपाउँदाको पीडाले चिन्तित ज्योतिले बिहीबार सङ्क्रमितलाई सञ्चो बनाएर पठाउँदा खुशीको सीमा नरहेको बताइन् ।
“जब कोही बिरामी, सहकर्मी वा कसैले तैँले त राम्रो काम गरेकी छस् भन्नुहुन्छ, तब जिउँदै स्वर्ग पुगेको अनुभव हुन्छ,”, उनले सुनाइन् , “बिरामीको एक मुस्कानले बिरामी पुनः स्वस्थ अवस्थामा पुगेपछि अनि अन्तर्मनले सारा दुःख भुलेर नयाँ जोसको सिर्जना गर्छ र युद्ध जितेर घर फर्किएझैँ लाग्छ ।”
घोडाघोडी अस्थायी कोरोना अस्पतालमा अहिले दश जनाको टोली दिनरात बिरामीको उपचारका लागि खटिइरहेको छ । उहाँहरूको टोली अहिले ‘फुल टाइमर’ भएका छ अर्थात् अस्पताल नै घर र कार्यक्षेत्र पनि भएको छ । त्यही खटाइएको उपलब्धिमा ज्योतिले आफ्नो खुशी व्यक्त गर्दै गर्दा आँखाबाट खुशीका आँसु खसेको बताइन् । पिपिईभित्र आफू गुम्सिएको भन्दा पनि सङ्क्रमित छटपटाउँदाको पीडा असह्य हुने गरेको ज्योतिको अनुभव छ ।
अचानक आएको महामारीका कारण बिरामीको चाप अत्यन्तै बढी छ । “सामान्य अवस्थामा जस्तो समयसमयमा आराम गर्न पाइँदैन तर पनि बिरामीको सेवा आफ्नो धर्म सम्झेर कर्म गर्छौं, यसरी सेवा गर्दा सञ्चो भएका बिरामी तथा उनीहरूका आफन्तबाट पाउने स्याबासीलाई आशीर्वादका रूपमा ग्रहण गर्दै काम गर्दा आनन्द महसुस हुने गरेको छ”, सेती प्रादेशिक अस्थायी कोरोना अस्पतालमा कार्यरत स्टाफ नर्स एलिसा मगरले भनिन्, “जसरी एउटी आमा भोको बच्चालाई खाना खुवाउँदा आमा खुशी हुन्छिन् हो ।”
उपचारका लागि आएका बिरामी सञ्चो भएर खुशी साथ फर्कंदा खुशी लाग्ने गरेको स्टाफ नर्स शिला चौधरीले बताइन् । दिनरात नभनीकन लगातारको खटाइ, अथक प्रयासका बाबजुद बिरामीलाई बचाउन नसक्दाको पीडाले कहिलेकाहीँ मानसिक तनाव हुने गरेको उनको अनुभव छ ।
सम्बन्धित खबर
रास्वपाले सार्वजनिक गर्यो पहिलो राष्ट्रिय महाधिवेशन कार्यतालिका, यस्तो छ चुनावी सेड्युल
भारत जाँदै रास्वपा सभापति रवि, मोदीसँग भेट्ने प्रयास
नेपाललाई बेवास्ता गर्दै नेपाली भूमि लिपुलेक पास भएर मानसरोवर जाँदै भारतीय टोली
रविसँग रास्वपा सांसदका गुनासो, ‘प्रधानमन्त्री र मन्त्रीको सचिवालयले पनि टेरेन’
सबै यात्रु पिसाब फेर्न ओर्लिनासाथ जिप भिरबाट खस्यो, चालकको मृत्यु
सभामुखले भेटेरै आग्रह गर्दा पनि संसदमा प्रश्नोत्तरका लागि समय दिएनन् प्रधानमन्त्री बालेनले
यो पनि पढौँ
फिर्के खोलाका संरचना जेठ ९ गतेभित्र हटाउन महानगरको अन्तिम चेतावनी
फेवातालमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु
सबै यात्रु पिसाब फेर्न ओर्लिनासाथ जिप भिरबाट खस्यो, चालकको मृत्यु
रविसँग रास्वपा सांसदका गुनासो, ‘प्रधानमन्त्री र मन्त्रीको सचिवालयले पनि टेरेन’