म्याग्दी अन्नपूर्णकी महिला तनहुँमा मृत फेला

म्याग्दी अन्नपूर्णकी महिला तनहुँमा मृत फेला

death body

म्याग्दी । म्याग्दीकोे अन्नपूर्ण गाउँपालिका–८ घर भई हाल शुक्लागण्डकी–२, चुङ्गेडाँडा बस्दै आएकी ५५ वर्षीय निरीमाया पाइजा मगर मृत फेला परेकी छन् । तनहुँको शुक्लागण्डकी–२, हलेदीस्थित सेती नदीको किनारमा मङ्गलबार ती महिला मृत फेला परेकी हुन् ।

हलेदी र घाँरी जोड्ने झोलुङ्गे पुलमुनि सेती नदीको किनारमा शव फेला परेको इलाका प्रहरी कार्यालय बेलचौताराका प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले जानकारी दिए। स्थानीयवासीले बेवारिसे अवस्थामा महिलाको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरी निरीक्षक खड्काले घटनाका विषयमा अनुसन्धान भइरहेको उहाँले बताए।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

रासस

रासस

राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।

ट्रेन्डिङ


This will close in 4 seconds