तनहुँ । कोरोना कहरको चपेटमा परेका बिरामीको उद्दारमा निशुःल्क सहयोग गर्ने कार्यमा व्यासनगर जेसिआई केही समय यता क्रियाशील रहेको छ । दोस्रो लहरको कोरोनाको नयाँ भेरियन्ट आक्रामक रुपमा गाउँशहरमा फैलिन थालेपछि एकपछि अर्को अप्ठयारोमा पर्दै गएका बिरामीको लागि व्यासनगर जेसिआईले निस्वार्थ भावले सहयोग गर्दे आएको छ ।
खासगरी सुत्केरी, गर्भवती र अशक्त वृद्ववृद्वाको उद्दार गरेको छ । रातदिन कुनै पनि समय र दुर्गम ठाउँकोसमेत पर्वाह नगरी सो संस्थाले सेवा दिँदै आएको छ । अस्पतालले सुत्केरी मिति तोकिएको दिन कुनै सवारी नपाउँदा छट्पटाएकी व्यासनगरपालिका–१४ सुखौरा निवासी गर्भवती विष्णु मगरलाई जेसिआईले केशवटार स्वास्थ्य चौकीबाट दमौली अस्पतालमा पु-याएको छ । निषेधाज्ञाका कारण अत्यावश्यक बाहेक अन्य सवारी नचल्दा समस्यामा परेका व्यक्तिहरुलाई घरबाट उद्दार गरी पोखरा र दमौली अस्पतालसम्म पु-याउने कार्यमा सो संस्थाले सहयोग गरेको हो ।
आर्थिक अभावका कारण गाडी रिजर्भ गर्न नसकेर अलपत्र परेका, कोरोना सङ्क्रमित नभएका, विपन्न व्यक्तिको उद्दारका लागि संस्था खटिदै आएको जेसिआई व्यासनगरका उपाध्यक्ष पवन पौडेलले जानकारी दिए । उनका अनुसार गत शनिबारदेखि थालिएको अभियानमा व्यासनगरपालिका र आसपासका पालिकाका विभिन्न स्थानबाट नौ जनाको उद्दार गरी सम्वन्धित स्थानसम्म सुरक्षित पु-याइएको छ ।
जिल्लाको भानुनगरपालिका –६ की गर्भवती सुस्मिता अधिकारी, आँबुखैरेनी गाउँपालिका–१ की युमन नेपाली, व्यासनगरपालिका–१२ दलीमाया थापा, भानुनगरपालिका–५ की विभामाया सुनार, व्यासनगरपालिका–१२ का वृद्वलाई दमौलीबाट घरसम्म, ऋषिङगाउँपालिका–१ की सुत्केरी मनिषा बराली लगायतको यसअघि उद्दार गरिएको जेसिआईले जनाएको छ । यसअघि जेसिआईले व्यास नगरपालिका–३ अनसन चौतारीमा रु।तीन लाख ५० हजार खर्च गरेर दमौलीमा सार्वजानिक धारा समेत निर्माण गरिसकेको छ ।
कोरोना सङक्रमणका बिरामी बढिरहेको अवस्थामा गर्भवतीले समयमा उपचार पाउन कठिन हुने अवस्था देखिएपछि निःशुल्क सेवाको शुरुआत गरिएको जेसिआई व्यासनगरका अध्यक्ष लक्ष्मीभक्त खनालले जानकारी दिए।
उनका अनुसार व्यासनगर क्षेत्र तथा आसपासका गर्भवती–सुत्केरी अतिरिक्त अशक्त तथा दुर्घटनामा परेकाहरुको उद्दारको लागि निःशुल्क यातायातको व्यवस्था मिलाइएको छ । “समयमा उपचार नपाउँदा मृत्यु भइरहेको छ, सङ्क्रमण बढ्दो स्थिति रहेको छ”, अध्यक्ष खनालले भने, “मान्छेको ज्यान बचाउन र सुरक्षित अवस्थामा अस्पताल पु-याउनको लागि निस्वार्थ भावनाले सेवा थालेका हौँ।”
सम्बन्धित खबर
तनहुँमा टिप्परको ठक्करबाट मोटरसाइकल चालक रूपाका धर्मराजको मृत्यु
त्रिशूली नदीमा पौडी खेल्नेक्रममा एक बालक बेपत्ता, एकको सकुशल उद्धार
पोखरा-बन्दीपुरबीच पर्यटकीय साझेदारी
डुम्रेमा भएको दुर्घटनामा २१ जना घाइते, दुईको अवस्था गम्भीर
गगनगौंडाबाट बस चढेका गुञ्जबहादुर दुलेगौंडा नपुग्दै सिटमै ढले
तनहुँमा शिक्षकले विद्यार्थी कुटेपछि अभिभावकले शिक्षक कुटे
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’