जोय फाउण्डेशनद्वारा पच्चीस स्वास्थ्य संस्थालाई अक्सिजन कन्सन्ट्रेटर वितरण

जोय फाउण्डेशनद्वारा पच्चीस स्वास्थ्य संस्थालाई अक्सिजन कन्सन्ट्रेटर वितरण

कन्सन्ट्रेटर

पोखरा । नयाँ भेरियन्टसहितको कोरोनाबाट बच्न जोय फाउण्डेशनले विभिन्न जिल्लाका २५ स्थानमा अक्सिजन कन्सन्ट्रेटर वितरण गरेको छ ।

कास्की, नुवाकोट, स्याङ्जा, म्याग्दी, गोरखा, सोलुखुम्बु, मनाङ, बर्दिया, काठमाडौँ, ललितपुर, भक्तपुर, मकवानपुरका २५ स्थानमा १०० थान अक्सिजन कन्सन्ट्रेटर वितरण गरिएको हो ।

अधिकांश सरकारी स्वास्थ्य संस्था र स्वास्थ्य केन्द्रलाई अक्सिजन कन्सन्ट्रेटर वितरण गरिएको फाउण्डेशनका अध्यक्ष राजु श्रेष्ठले जानकारी दिए ।

फाउण्डेशनलाई मिलरेपा ध्यान केन्द्र साँखुले अक्सिजन कन्सन्ट्रेटर उपलब्ध गराएको जनाइएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

रासस

रासस

राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।

ट्रेन्डिङ