काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले आगामी आवको बजेट कार्यान्वयनका लागि समयमै कार्ययाजना बनाउन निर्देशन दिएका छन् ।
आगामी आवमा केही कार्यक्रम थप भएकाले भइरहेका र नयाँ कार्यक्रम कार्यान्यवनका लागि समयमा नै लाग्नुपर्नेमा उनको जोड छ । उनले मनसुनले सडकमा पार्नसक्ने क्षतिको पूर्वानुमान गरेर तयारी अवस्थामा बस्न निर्देशन दिँदै भने, “उपकरण आफूसँग पर्याप्त नभएमा भाडामा लिएर पनि चाँडो खुलाउन लाग्नुपर्छ ।”
मन्त्रालयको वार्षिक समीक्षा बैठकमा आज उनले सङ्घीय सडक सुपरीवेक्षण कार्यालयले आफू मातहतका डिभिजनहरुको कामको निरीक्षण आग्रह गर्दै भने, “सबै कार्यालयले स्थलगत रुपमा भेटिएका समस्या सके त्यहीँबाट नसके माथिल्लो निकायमा भनेर पनि समाधान गर्न पहल गर्नुपर्छ ।”
मन्त्री नेम्वाङले चालु आवमा सबै कार्यालयले वार्षिक लक्ष्यको कम्तीमा दुई तिहाई प्रगति हासिल गर्नुपर्नेमा जोड दिए। अहिले नै ६६ प्रतिशत प्रगति पुगेका कार्यालयले प्रगति ८० प्रतिशत पुग्ने गरी बाँकी समयमा पनि काम अघि बढाउनुपर्ने उनले बताए। मन्त्री नेम्वाङले सबै कार्यालयका प्रमुखहरुलाई असार मसान्तसम्म कार्यस्थल नछाड्न समेत निर्देशन दिए। उनले भने, “साउन मसान्त भित्र नै बहुवर्षीय ठेक्काका लागि तयारी गर्नुपर्छ ।”
मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठ मर्मतमा प्रगति कम नदेखिएकाले त्यसमा ध्यान दिनुपर्नेमा जोड दिए।
सम्बन्धित खबर
पत्रकार पक्राउ प्रकरणमा दोषीलाई कारबाही गर्न रास्वपाद्वारा सरकारलाई निर्देशन
वर्षा रोकिएसँगै देशभरको मौसममा क्रमिक सुधार
बालेनलाई तनुजाको कटाक्षः देशलाई नै लुडो बनाइसक्नुभयो, अब यसको श्रेय पनि आफैँ लिनुहोस्
चक्रवात ‘अर्नब’को प्रभाव नेपालतिर सोझिँदै, गण्डकीसहित तीन प्रदेशका हिमाली क्षेत्रमा ‘रेड अलर्ट’
आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
दसैँ अवधिमा सवारी दुर्घटनाबाट देशभर १२४ जनाको मृत्यु, दुई हजार ९८८ घाइते
यो पनि पढौँ
पोखरामा स्कुटर दुर्घटना हुँदा कुँवरको मृत्यु
आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
जीर्ण पोल र गुजुल्टिएका तार हटाएपछि फर्कियो पोखराको सौन्दर्य
गुल्मीमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु, ३ जना घाइते