तनहुँ । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले कोरोना महामारीमा मास्क अभियान सञ्चालन गरेका छन् । तनहुँ जिल्लाका ग्रामीण भेगसम्म मास्क वितरण गर्ने अभियान बमोजिम पौडेलले मास्क अभियान सञ्चालन गरेका हुन्।
अभियान अन्तर्गत केन्द्रीय सदस्य पौडेलले शुक्रबार तनहुँका दश वटै पालिकाका तरुण समितिलाई ५० हजार थान मास्क वितरण गरेका छन् । चार नगरपालिका र छ गाउँपालिकाका तरुण समितिलाई पाँच/पाँच हजारका दरले मास्क वितरण गरिएको छ ।
कोरोना नियन्त्रणका लागि मास्क प्रभावकारी रहेकाले हरेक व्यक्तिलाई मास्क पु¥याउने योजना रहेको पौडेलले बताए। साथै पौडेलले तरुण दलमार्फत् नै ऋषिङ, भिमाद र बन्दीपुरका लागि अक्सिजन कन्सनट्रेटर वितरण गरेका छन् । तरुण दल तनहुँ कार्यसमितिले आयोजना गरेको कार्यक्रममा पौडेलले स्वास्थ्य सामग्री वितरण गरेका छन् । यसअघि पौडेलले पहिलो चरणमा तनहुँका अस्पताल र स्थानीय तहलाई अक्सिजन कन्सन्ट्रेटर सहितका विभिन्न स्वास्थ्य सामग्री सहयोग गरिसकेका छन्।
जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र बेलचौतारालाई चार, भानु नगरपालिका र शुक्लागण्डकी नगरपालिकालाई २/२ थान अक्सिजन कन्सन्ट्रेटरको साथमा स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ ।
सम्बन्धित खबर
तनहुँको छिर्कनेमा हाईस दुर्घटना, ८ जना घाइते
तनहुँ गाछेपानीमा ओभर स्पीड भ्यानले डिभाइडर नाघेर स्कूटरलाई ठक्कर दिँदा दुईको मृत्यु
तनहुँमा टिप्परको ठक्करबाट मोटरसाइकल चालक रूपाका धर्मराजको मृत्यु
त्रिशूली नदीमा पौडी खेल्नेक्रममा एक बालक बेपत्ता, एकको सकुशल उद्धार
पोखरा-बन्दीपुरबीच पर्यटकीय साझेदारी
डुम्रेमा भएको दुर्घटनामा २१ जना घाइते, दुईको अवस्था गम्भीर
यो पनि पढौँ
पोखरामा पर्यटकबसको ठक्करबाट पैदलयात्रीको मृत्यु
गाडीभित्रै सिट बेल्ट बाँधेर सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
पोखरामा शृंखलाबद्ध चोरी: भारतीय प्रत्यक्ष चोरीमा संलग्न, चिनियाँले ‘रेकी’ गर्ने र नेपालीले घर देखाउने
पोखराबाट ढोरपाटन गएको जीपमाथि पहिरो खस्यो, ५ यात्रु सकुशल