पोखरा । गण्डकी प्रदेशमा नयाँ सरकार आज बन्ने लगभग निश्चित नै थियो । किनकी, ३१ सांसद सशरीर हाजिर भएर प्रदेश प्रमुखकहाँ हस्ताक्षर सनाखत गरिसकेका थिए । तर, आफैले दिएकाे २४ घण्टाकाे समयसम्म प्रदेश प्रमुख सीता कुमारी पाैडेल माैन रहिन् ।
अन्तिम समयमा राजमाे पार्टीबाट निलम्बित सांसद कृष्ण थापा र जसपा महन्थ ठाकुर पक्षकाे समर्थन पत्र लिएर मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले पनि दावी पेश गरेकाे कुरा सार्वजनिक भयाे । (तर, प्रदेश प्रमुख कार्यालयले मुख्यमन्त्रीमा एक जनाकाे मात्र दावी पेश भनेको छ) । त्यसपछि राजनीतिक माहाैल एकाएक बिग्रियाे । ३ बजिसक्दा पनि मुख्यमन्त्री नियुक्त नगरिएपछि प्रस्तावित मुख्यमन्त्री कृष्णचन्द्र पाेखरेल नेपालीसहित ३१ सांसद प्रदेश प्रमुख कार्यालय गेटमै सडकमा धर्ना कसे । अन्तत: पाेखरेल सडकबाट मुख्यमन्त्रीको कुर्सीमा पुगेका छन् ।

लामाे रस्साकस्सीबीच कमजाेर गठबन्धनको बलियो दावीसहित पाेखरेलकाे बाटाे खुलेकाे हाे । काँग्रेस संसदीय दलका नेता उनलाई काँग्रेस (१५) सहित माओवादी (११), राजमाे (२), जसपा (२) र स्वतन्त्र दीपक मनाङेको साथ छ । उनकाे पक्षमा ३१ सांसद छन्, जुन ठ्याक्कै सरकार बनाउन आवश्यक संख्या हो । मनाङेलाई ईच्छाएकाे मन्त्रालय नदिए उनले १ महिनाभित्र विश्वासकाे मत पाउँदैनन् । मनाङेले गृह (आन्तरिक मामिला) वा अर्थ (आर्थिक मामिला) मागिरहेका छन् ।
पृथ्वीसुब्बा र किरण विवादमा आउन चाहेनन् !
संघीय सरकार झैं गरी प्रदेश सभा विघटन गर्न प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले चाहेको बुझिएकाे छ । त्यसका लागि अन्तिम कृष्ण थापा र जसपा महन्थ ठाकुर पक्षकाे साथ लिइएको थियाे । तर, मुख्यमन्त्री पृथ्वी सुब्बा गुरूङले आफू विवादमा पर्न नचाहेकाे बुझिएको छ ।
सामाजिक सञ्जालमा कडा आलोचना भइरहेकाे अवस्थामा गुरूङ स्वयंले संविधानसम्मत ढंगले नियमित प्रक्रियामा अगाडि बढ्न प्रदेश प्रमुखलाई आग्रह गरेकाे श्राेतको भनाई छ । केन्द्रमा अध्यक्ष झैं पेलेर अघि बढ्न गुरूङ ईच्छुक थिएनन् । अर्थमन्त्री किरण गुरूङ, रामशरण बस्नेत लगायत पनि विवादमा परेर राजनीतिक भविष्य दाउमा राख्न उद्धत नरहेकाे श्राेत बताउँछ ।
उसाे त, आफ्ना कुरा केपी ओली समक्ष कुनै संकाेच नमानी राख्न सक्छन् पृथ्वीसुब्बा । लुम्बिनीका मुख्यमन्त्री शंकर पाेखरेल एसम्यान रहँदा उनले प्रदेश हाँक्ने सवालमा ओलीको आलाेचनात्मक समर्थन गर्दै आए । पार्टीमा अफ्ठेराे पर्दा भने पिएसले केपीकाे काँध थाप्दै आएका छन् ।
अर्थमन्त्री किरण गुरूङ त पुस ५ काे कदमलाई अदालतले असंवैधानिक पुष्टि गरेपछि राजीनामा गर्न सुझाउने नेता हुन् । आफू नेतृत्वमा समेत नरहेकाे सरकारमा विवादित बनेर उनलाई बसिरहन ईच्छा नभएकाे हुनसक्छ ।
सम्बन्धित खबर
१८ वर्षअघि गर्भवती महिलाको मृत्यु प्रकरणमा एक महिला थुनामा, अर्की धरौटीमा छुटिन्
बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
स्याङ्जाको नवग्रह मन्दिरको संरक्षणका लागि बजेट छुट्याइयोस् : सचेतक राई
नवग्रह मन्दिरमा ५ लाख ४४ हजारभन्दा बढी मन्त्रजप
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा