काठमाडौँ । नेपालले अतिकम विकसित राष्ट्रका विकासका आकाङ्क्षा पूरा गर्न लगानी अभाव परिपूर्तिका लागि विकासका साझेदारहरुसँग आग्रह गरेको छ । अतिकम विकसित देशलाई विकासको बाटोमा अग्रसर गराउन अन्तर्राष्ट्रिय समुदायले वित्तीय सहयोग गर्ने प्रतिबद्धता जनाए पनि त्यो कार्यान्वयन नभएको सन्दर्भमा नेपालले विकासका साझेदारलाई पुनः झक्झक्याएको हो ।
‘अतिकम विकसित राष्ट्रमा लगानी बढाउन वित्तीय उपकरणको विविधिकरण’ विषयमा संयुक्त राष्ट्रसङ्घीय महासभा तथा राष्ट्रसङ्घीय आर्थिक तथा सामाजिक परिषद्को संयुक्त बैठकलाई पूर्वअभिलेखित ‘भिडियो’ मार्फत आज सम्बोधन गर्दै उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री रघुवीर महासेठले अतिकम विकसित राष्ट्रका विकासका आवश्यकता पूरा गर्न अन्तर्राष्ट्रिय सहयोग अपरिहार्य भएकामा जोड दिनुभएको न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगले जनाएको छ ।
अल्पविकसित देशलाई उसको उत्पादकत्व बढाउन क्षमता अभिवृद्धि, भौतिक पूर्वाधार, ऊर्जा र सम्पर्क सञ्जाल विस्तारमा विकास साझेदारहरुबाट वित्तीय अभाव परिपूर्ति हुनुपर्ने उनको अभिमत थियो ।
अतिकम विकसित राष्ट्रको समूहबाट नेपालको स्तरोन्नति हुनु विकासको बाटोमा लम्कने महत्वपूर्ण उपलब्धि हुने बताउँदै उनले स्तरोन्नतिको प्रक्रियालाई दिगो र सहज तुल्याउन आन्तरिक एवं बाह्य स्रोतका साथै सार्वजनिक एवं निजी क्षेत्रबाट पूँजी परिचालन गरिने बताए।
सम्बन्धित खबर
पत्रकार पक्राउ प्रकरणमा दोषीलाई कारबाही गर्न रास्वपाद्वारा सरकारलाई निर्देशन
वर्षा रोकिएसँगै देशभरको मौसममा क्रमिक सुधार
बालेनलाई तनुजाको कटाक्षः देशलाई नै लुडो बनाइसक्नुभयो, अब यसको श्रेय पनि आफैँ लिनुहोस्
चक्रवात ‘अर्नब’को प्रभाव नेपालतिर सोझिँदै, गण्डकीसहित तीन प्रदेशका हिमाली क्षेत्रमा ‘रेड अलर्ट’
आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
दसैँ अवधिमा सवारी दुर्घटनाबाट देशभर १२४ जनाको मृत्यु, दुई हजार ९८८ घाइते
यो पनि पढौँ
पोखरामा स्कुटर दुर्घटना हुँदा कुँवरको मृत्यु
आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
जीर्ण पोल र गुजुल्टिएका तार हटाएपछि फर्कियो पोखराको सौन्दर्य
गुल्मीमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु, ३ जना घाइते