तनहुँ । व्यास नगरपालिकाले ‘आत्म निर्भर छोरी सशक्त व्यास नगर’ अभियान मार्फत छोरीलाई सम्मान कार्यक्रम ल्याएको छ। विशेष गरी नगरपालिकाभित्रका आदिवासी जनजाति, दलित र सीमान्तकृत समुदायलाई सो अभियानले समेट्ने छ। बीस वर्ष पुगेपछि मात्र विवाह गर्ने दलित, बोटे, दराई, कुमाल र चेपाङका छोरीलाई सम्मान गर्दै विवाहमा आर्थिक सहयोग समेत गरिने नगरपालिकाले जनाएको छ।
प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले सीमान्तकृत समुदायको उत्थानका लागि छोरी सम्मान कार्यक्रम ल्याइएको जानकारी दिए। यसैगरी नगरपालिकाभित्र स्थायी बसोबास गर्ने स्नातक तहसम्म योग्यता हासिल गरेका बिपन्न बेरोजगार महिलालाई उद्यमशीलता विकासका लागि अनुदान सहयोग प्रदान गरिने छ । उनले भने, “स्वास्थ्य सङ्कटमा रहेका विपन्न महिलालाई आर्थिक सहयोग प्रदान गरी जीवनरक्षाको लागि सहयोग गरिनेछ ।”
“महिलासँग उपप्रमुख कार्यक्रम’ अन्र्तगत गर्भवतीको पोषणको सहयोग गर्ने कार्यक्रम तय गरिएको उनले बताए। लैङ्गिक हिंसा निवारण कोष सञ्चालन गरी हिंसामा परेका महिलालाई कानूनी उपचारको लागि सहयोग गरी उनीहरुको सुरक्षा र संरक्षणको व्यवस्था मिलाइएको नगरपालिकाले जनाएको छ । उच्च शिक्षा अध्ययन गर्न आर्थिक रुपमा विपन्न रहेका छात्रालाई छात्रवृत्ति उपलव्ध गराएर उच्च शिक्षा हासिल गर्न सहयोग पुर्याउने कार्यक्रम रहेको उनले बताए ।
नगरपालिकाले ‘निजी क्षेत्र एवं लगानीमैत्री’ नगरपालिका निर्माण गरी निजी साझेदारीको अवधारण अनुरुप मानहुँकोट, नारेश्वर ताल निर्माणलगायत योजनामा सहकार्य गर्ने भएको छ । नगरपालिकाको बिहीबार सम्पन्न ३५औँ नगरसभाले नगरपालिकाको आर्थिक विकासका लागि ‘निजी क्षेत्रसँग नगरपालिका’ भन्ने कार्यक्रमको आयोजना गरी हरेक तीन महिनामा एक पटक स्थानीय व्यवसायी र जनप्रतिनिधिबीच अन्तरक्रिया गरिने नगरप्रमुख बैकुण्ठ न्यौपानेले बताए। व्यास –५ को चिन्तुटार, व्यास–१० को माथिल्लो भतेरी, सिसौघारी हुँदै परेवा रहसम्मको सार्वजनिक बगर क्षेत्रलाई औद्योगिक ग्राम बनाउने योजना रहेको उनले जानकारी दिए।
सम्बन्धित खबर
तनहुँमा टिप्परको ठक्करबाट मोटरसाइकल चालक रूपाका धर्मराजको मृत्यु
त्रिशूली नदीमा पौडी खेल्नेक्रममा एक बालक बेपत्ता, एकको सकुशल उद्धार
पोखरा-बन्दीपुरबीच पर्यटकीय साझेदारी
डुम्रेमा भएको दुर्घटनामा २१ जना घाइते, दुईको अवस्था गम्भीर
गगनगौंडाबाट बस चढेका गुञ्जबहादुर दुलेगौंडा नपुग्दै सिटमै ढले
तनहुँमा शिक्षकले विद्यार्थी कुटेपछि अभिभावकले शिक्षक कुटे
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’