तनहुँ । अनाथ, असहाय, विपन्न बालबालिका पढाउन व्यास नगरपालिकाले व्यास नगर समता विद्यालय स्थापना गर्ने भएको छ । नगरभित्र माध्यमिक तहसम्मको शिक्षा लिन कठिनाइ परेका अनाथ, असहाय, विपन्न, शहीद, बेपत्ता, कोरोनाबाट मृत्यु भएका घरपरिवारका बालबालिकाको शिक्षाका लागि नगरपालिकाले नगर समता विद्यालय स्थापना गर्न लागेको हो ।
व्यास–७ शेशमटारमा रहेको व्यास नगर क्यामिन कोट प्राथमिक विद्यालयमा आवासीय विद्यालय स्थापना गर्ने नीति लिइएको प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले जानकारी दिए। “माध्यमिक तहसम्मको शिक्षा लिन कठिन भएका बालबालिकालाई मध्यनजर गर्दै आवासीय विद्यालय स्थापना गर्ने नीति नगरसभाबाट पारित भएको छ”, सिग्देलले भने।
नगरपालिकाले वडा नं १ मा अवस्थित आदिकवि भानुभक्त क्याम्पसलाई मानक विश्वविद्यालय निर्माण गर्न पूर्वाधार व्यवस्थापनमा सहयोग गर्ने भएको छ । नमूना विद्यालयका रुपमा छनोट भएका निर्मल र सत्यवती माविको पूर्वाधार विकासका लागि सहजीकरण, कक्षा ५ सम्मका सामुदायिक विद्यालयमा पढ्ने प्रारम्भिक बाल विकास केन्द्र समेतका विद्यार्थीलाई सङ्घीय सरकारको सहभागितामा दिवा खाजाको प्रबन्धलाई निरन्तरता दिने नीति पारित गरिएको छ ।
नगरपालिकाभित्रका धार्मिक विद्यालयहरु, मातृभाषामा शिक्षा प्रदान गर्ने विद्यालयहरु तथा सामुदायिक सिकाइ केन्द्र सञ्चालन गर्न सहयोग, यसै शैक्षिक सत्रदेखि कक्षा १ मा स्थानीय पाठ्यक्रम र माविका कक्षा ११ र १२ मा वेदव्याससम्बन्धी अतिरिक्त पाठ्यक्रम अध्यापन गराउने व्यवस्था, ‘हाम्रो प्रतिभा हाम्रो गौरव’ भन्ने विश्वासका साथ नगरपालिकाभित्रका विभिन्न विधामा नगर क्षेत्रभित्रका विद्यार्थीबीच प्रतिस्पर्धा गराई नगरस्तरीय उत्कृष्ट प्रतिभा छनोट गरी सम्मान एवं पुरस्कृत गर्ने व्यवस्था मिलाइने नगरपालिकाले जनाएको छ ।
सम्बन्धित खबर
तनहुँमा टिप्परको ठक्करबाट मोटरसाइकल चालक रूपाका धर्मराजको मृत्यु
त्रिशूली नदीमा पौडी खेल्नेक्रममा एक बालक बेपत्ता, एकको सकुशल उद्धार
पोखरा-बन्दीपुरबीच पर्यटकीय साझेदारी
डुम्रेमा भएको दुर्घटनामा २१ जना घाइते, दुईको अवस्था गम्भीर
गगनगौंडाबाट बस चढेका गुञ्जबहादुर दुलेगौंडा नपुग्दै सिटमै ढले
तनहुँमा शिक्षकले विद्यार्थी कुटेपछि अभिभावकले शिक्षक कुटे
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’