तनहुँ । अविरल वर्षाले तनहुँको व्यासनगरपालिका–१ स्थित भादगाउँ करादी खिरखाँदी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको चार खानेपानीका मुहान पुरेपछि खानेपानीको समस्या भएको छ । तीन दिनदेखि परेको अविरल वर्षाका कारण बाढी र पहिरो गएर पानीको मुहान तथा पाइप बगाउँदा व्यास– १ र १२ का गरी दुई हजार ५०० उपभोक्ता प्रत्यक्ष रुपमा प्रभावित भएका छन् ।
धारामा पानी नआएपछि दुई दिनदेखि बोरिङ र खोला छेउमा रहेको कुवाको पानी ल्याएर स्थानीय जीविकोपार्जन गर्न बाध्य भएका छन् । वर्षापछि खानेपानीको सबै मुहान अवरुद्ध भएपछि छाब्दीखोला किनारमा रहेको कुवाबाट पानी बोकेर खानुपर्ने बाध्यता रहेको निर्मलनगर टोल विकास संस्थाका पूर्वअध्यक्ष अम्मर भण्डारीले जानकारी दिए।
उक्त खानेपानीको कार्यालयदेखि करीब १३ किलोमिटर लामो दूरीमा पर्ने खिरखाँदी मुहानबाट ल्याइएको खानेपानी सोही वडाको बेलबासमा ४५ मिटर जिआई पाइप बगाएपछि खानेपानी अवरुद्ध भएको छ । उक्त मुहानको पानी प्रतिसेकेन्ड नौ लिटर क्षमता रहेको छ ।
व्यास–१ र १३ जोड्ने छाब्दी खोला दोभानको पक्की मोटरेबल पुल बगाएपछि तत्काल मर्मतसम्भार गर्न कठिनाइ भएको समितिका व्यवस्थापक ईश्वर श्रेष्ठले जानकारी दिए। छाब्दी खोलामा आएको बाढीले पुल बगाएकाले सामान लिएर जान नसकिने हुँदा पुल बनेपछि मात्रै मर्मतसम्भार गर्न सकिने उनले बताए।
त्यसैगरी छाब्दी खोलाको मुहानबाट ल्याइएको पानीको पाइप बगाएर करीब ९०० तल पुर्याएको सो समितिले जनाएको छ । उक्त मुहानको पानी प्रतिसेकेन्ड तीन लिटर क्षमता रहेको छ ।
त्यसैगरी छाब्दी खोला किनारस्थित दुई स्थानबाट पानी पम्पिङ गरिए पनि बाढीले विद्युत्को पोल ढलेका कारण पानी तान्न नसकिएको सो संस्थाले जनाएको छ । उक्त दुई पम्पिङ योजनाबाट प्रतिसेकेन्ड आठ लिटर पानी क्षमता रहेको छ ।
भादगाउँ करादी खिरखाँदी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले चारवटै मुहानबाट गरी प्रतिसेकेन्ड कूल २० लिटर पानी सङ्कलन गरी उपभोक्ताहरुलाई वितरण गर्दै आएकामा अहिले बन्द भएको समितिका अध्यक्ष चिजबहादुर दरैले बताए। विद्युत् लाइन अवरुद्ध हुँदा मोटर चलाउन नसक्दा पानी पम्पिङ गर्न सकिएको छैन । उनले भने, “खानेपानीका सबै मुहान बाढीपहिराले पूर्ण रुपमा क्षति हुँदा जनजीवन प्रभावित भएको छ ।”
सम्बन्धित खबर
तनहुँ गाछेपानीमा ओभर स्पीड भ्यानले डिभाइडर नाघेर स्कूटरलाई ठक्कर दिँदा दुईको मृत्यु
तनहुँमा टिप्परको ठक्करबाट मोटरसाइकल चालक रूपाका धर्मराजको मृत्यु
त्रिशूली नदीमा पौडी खेल्नेक्रममा एक बालक बेपत्ता, एकको सकुशल उद्धार
पोखरा-बन्दीपुरबीच पर्यटकीय साझेदारी
डुम्रेमा भएको दुर्घटनामा २१ जना घाइते, दुईको अवस्था गम्भीर
गगनगौंडाबाट बस चढेका गुञ्जबहादुर दुलेगौंडा नपुग्दै सिटमै ढले
यो पनि पढौँ
फिर्के खोलाका संरचना जेठ ९ गतेभित्र हटाउन महानगरको अन्तिम चेतावनी
फेवातालमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु
सबै यात्रु पिसाब फेर्न ओर्लिनासाथ जिप भिरबाट खस्यो, चालकको मृत्यु
रविसँग रास्वपा सांसदका गुनासो, ‘प्रधानमन्त्री र मन्त्रीको सचिवालयले पनि टेरेन’