प्रधानमन्त्री एवं नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको वार्ता बिनानिष्कर्ष टुंगिएको छ । भेटवार्तामा दुबै नेताले आ-आफ्नो अडान नछोडेपछि कुनै ठोस सहमति हुन सकेन ।
नेकपा एमाले भित्रको विवाद समाधानका लागि गठित कार्यदल व्यूँताएर लगातार ३ दिनसम्म बसेको औपचारिक छलफलपछि बुधबार ओली र नेपालबीच भेटवार्ता भएको हो ।
राजधानीको नक्सालस्थित मेरियट होटलमा भएको वार्तामा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले नेपालसमक्ष विपक्षी गठबन्धन छोडेर आफूलाई निःशर्त सहयोग गर्न भनेका थिए। तर उनले जेठ २ को विषयमा कुनै कुरा ननिस्किएपछि नेता नेपाल सहमत नभएको स्रोत बतायो।
‘तपाईहरु विपक्षी गठबन्धनमा लाग्नुभयो। त्यसलाई छोड्नुपर्छ। विपक्षी गठबन्धनले मलाई अफ्ठेरोमा पारिरहेको छ।त्यसलाई छोडेर मलाई सहयोग गर्नुहोस्। म अफ्ठ्यारोमा छु’, छलफलमा ओलीले नेपालसमक्ष राखेको कुराबारे स्रोतले भन्यो।
भेटमा ओलीले जेठ २ को वरिपरि कसरी जाने भन्ने विषयमा कुरै नभएको स्रोतले दाबी गर्यो। वार्तामा सहभागी नेता भीम रावलले पार्टी एकतालाई निष्कर्षमा पुर्याउन दुवै नेता सकारात्मक भएको दाबी गरे । उनका अनुसार बिहीबार कार्यदलको बैठकपछि ओली र नेपालबीच पुनः वार्ता हुने भएको छ ।

‘समग्रतामा पार्टी एकतालाई कसरी अगाडि बढाउने, सकारात्मक परिणाम कसरी ल्याउने भनेर छलफल भएको छ । पुनः कुराकानी हुनेछ । हामीले समस्याका विषयमा गम्भीर रुपमा कुराकानी गर्नुपर्ने आवश्यकता बोध गर्दै आएका छौं । अब कार्यदलका बीचमा छलफल हुन्छ,’ वार्तापछि रावलले भने ।
ओली र नेपालबीच केहीबेर वान अन वान वार्तापछि कार्यदल सदस्यहरु पनि सहभागी भएका थिए । तर, वार्तामा ठोस सहमति भने जुट्न सकेन । यद्यपि नेता सुरेन्द्र पाण्डेले वार्ता सकारात्मक भएको र अब बाँकी कार्यदलले टुंग्याउने बताए ।
सम्बन्धित खबर
प्रधानन्यायाधीशमा तोडियो वरिष्ठताको परम्परा, बालेन सरकारले चौथो वरीयताका शर्मालाई प्रधानन्यायाधीश बनाउँदै
बालेनले आफ्ना मान्छेलाई प्रधानन्यायाधीश बनाउन अनेक जालझेल गर्दैछन्ः गगन थापा
संवैधानिक आयोगमा आफ्ना मान्छे नियुक्ति गर्न सरकारले अध्यादेश ल्याएको कांग्रेसको आरोप
सरकारले जस्ता तस्तै फर्काइदिएपछि राष्ट्रपतिबाट संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी
सुदनको आरोप- ‘बालेनमा हिटलर र मुसोलिनी बन्ने सपना जागेको देखिन्छ’
‘१०० दिन पुग्नु अगावै भन्न बाध्य छौं, सरकारले आफ्नो नियत र बाटो सच्याओस्’
यो पनि पढौँ
कास्कीको रुपामा बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ
पाेखरामा सुकुम्बासीको आन्दोलन घोषणा
थापाथलीका अर्का सुकुम्बासीले पनि गरे आत्महत्या, एक महिला बेहोस
सुदनको आरोप- ‘बालेनमा हिटलर र मुसोलिनी बन्ने सपना जागेको देखिन्छ’