ओलीले आज सरकारी निवास छोड्दै, एमाले कार्यकर्ताले जुलुस निकाल्ने

ओलीले आज सरकारी निवास छोड्दै, एमाले कार्यकर्ताले जुलुस निकाल्ने

Pm_Oli_6RBieN0pJz

काठमाडौँ । निवर्तमान प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले आज (बुधबार) सरकारी निवास छाड्ने भएका छन् ।

ओलीले आज बिहान ११ बजे बालुवाटारमा रहेको सरकारी निवास छाड्न लागेका हुन् । उनी आजदेखि निजी निवास बालकोटमा बस्नेछन् ।

अदालतको परमादेशमा काँग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएसँगै ओली निजी निवासमा सर्न लागेका हुन् ।

ओलीलाई बालुवाटारदेखि निजी निवाससम्म नेता कार्यकर्ताले सयौँँ मोटरसाइकल र गाडीले स्कर्टिङ र स्वागत गर्दै लैजाने तयारी गरेका छन् । ओलीको पक्षमा जुलुससमेत निकाल्ने एमाले कार्यकर्ताको तयारी छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds