तनहुँ – व्यास नगरपालिकाभित्रका चौध वटा स्लेट ढुङ्गा उद्योगलाई उत्खनन गर्ने अनुमति दिइएको छ । नगरपालिकाले स्लेट ढुङ्गा उत्खननसम्बन्धी कार्यविधि बमोजिम कानूनीरुपमा ढुङ्गा उद्योगलाई अनुमति दिएको हो ।
व्यास नगरपालिकाका नगरप्रमुख वैकुण्ठ न्यौपानेले कार्यविधिबमोजिम प्रक्रिया पुगेका १४ वटा उद्योगका सञ्चालकलाई अनुमति प्रमाणपत्र हस्तान्तरण गरे । उत्खनन अनुुुमति हस्तान्तरण कार्यक्रममा नगर प्रमुख न्यौपानेले स्लेट ढुङ्गा उद्योगलाई व्यवस्थापन गर्न कार्यविधिअनुसार व्यवस्थित गर्न लागिएको बताए ।
नगरपालिकाभित्र उद्योगमैत्री वातावरण बनाउनको लागि प्रयास गरिरहेको र उद्योगले वातावरणीय पक्षलाई जोगाउँदै प्राकृतिक स्रोतको व्यवस्थित तरिकाले उत्खनन गर्नुपर्नेमा उनले जोड दिए । जिल्लामा दर्ता भएका १९ मध्ये पहिलो चरणामा १४ उद्योगलाई अनुमति प्रदान गरिएको नगरपालिकाका नगरप्रमुख न्यौपानेले जानकारी दिए ।
नगरपालिकाले आफ्नो पालिकाभित्र सञ्चालनमा रहेका उद्योगले नगरपालिकाबाट अनुमति लिएर मात्रै सञ्चालन गर्न यसअघि नै आग्रह गरेको थियो । व्यास नगरपालिका–१० र ११ मा सञ्चालनमा रहेका उद्योगले दिएको निवेदनअनुसार कानूनी प्रक्रिया पूरा गरेका उद्योगलाई उत्खनन अनुमति प्रदान गरिएको व्यास नगरपालिकाका वरिष्ठ अधिकृत राजेन्द्र कार्कीले जानकारी दिए ।
नगरपालिकाको कार्यविधिअनुसार स्लेट ढुङ्गा उद्योगलाई एक वर्षको लागि अनुमति दिइएको हो । वातावरणलाई जोगाउँदै अस्वस्थ प्रतिस्पर्धा नभई स्वस्थ प्रतिस्पर्धाबाट आफ्नो व्यवसायलाई मर्यादित बनाएर सञ्चालन गर्न प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले आग्रह गरे । नगरपालिकाले कार्यविधिअनुसार करको दायरामा ल्याएर स्लेट तथा ढुङ्गा उद्योगलाई व्यवस्थित गर्नु राम्रो पक्ष भएको तनहुँ स्लेट ढुङ्गा उत्खनन व्यावसायी समितिका अध्यक्ष ईश्वर पौडेलले बताए ।
नगरपालिकाले कार्यविधिअनुसार स्लेट ढुङ्गा उद्योग सञ्चालनको लागि कम्तीमा पाँच रोपनी आवश्यक पर्ने र प्रतिरोपनी वार्षिक रु दुई हजारका दरले कर बुझाउनुपर्ने व्यवस्था रहेको व्यास नगरपालिकाका शाखा अधिकृत विमल गिरीले जानकारी दिए ।
सम्बन्धित खबर
विद्यमान परिस्थितिमा नेपालले सन्तुलित कूटनीति अपनाउनुपर्छ: गण्डकी मुख्यमन्त्री पाण्डे
सार्वजनिक स्थलमा धूम्रपान र सूर्ति सेवन नगर्न प्रशासनको आग्रह, उल्लंघन गरे कारबाही हुने
बिलभन्दा बढी सामान बोकेको बोलेरो नियन्त्रणमा
पोखराबाट भरतपुर र नेपालगञ्जसम्मको हवाई उडान स्थगित
बोक्रो फेरिँदैमा भित्री गुदी फेरिँदैन : सांसद रेग्मीलाई अर्जुनचौपारीको व्यंग्यात्मक जवाफ
महालेखा परीक्षक कार्यालयको प्रतिवेदन गण्डकी प्रदेश प्रमुख समक्ष पेस
यो पनि पढौँ
फिर्के खोलाका संरचना जेठ ९ गतेभित्र हटाउन महानगरको अन्तिम चेतावनी
सबै यात्रु पिसाब फेर्न ओर्लिनासाथ जिप भिरबाट खस्यो, चालकको मृत्यु
फेवातालमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु
रविसँग रास्वपा सांसदका गुनासो, ‘प्रधानमन्त्री र मन्त्रीको सचिवालयले पनि टेरेन’