एमालेद्वारा संसदमा नाराबाजी, कड्किए सभामुख (भिडियोसहित)

एमालेद्वारा संसदमा नाराबाजी, कड्किए सभामुख (भिडियोसहित)

241042796_1196689120841538_7465224590777690495_n

प्रतिनिधि सभामा प्रमुख विपक्षी नेकपा एमालेले नाराबाजी गरेका छन् । पार्टीले कारबाही गरेका माधव कुमार नेपालसहितका १४ सांसद्लाई सभामुखले पदमुक्त नगरेको भन्दै एमालेले नाराबाजी गरेको हो ।

नाराबाजीसँगै नेकपा एमालेले प्रतिनिधिसभा बैठक अवरुद्ध पारेको छ । सभामुखले सोबारे जवाफ दिएपनि एमाले सांसदहरुले नाराबाजी गरेका हुन् । एमालेले नाराबाजी जारी राखेपछि सभामुखले बैठक १५ मिनेटका लागि स्थगित गरेका थिए ।

सभामुख सापकोटाले एमालेका संसदिय दलका सचेतक विशाल भट्टराइलाई बोल्ने समय दिएपछि उनले यसअघि हठात संसद अन्त्य गरिएको घटना, दल फुटाउन ल्याइएको अध्यादेश र एमालेको अनुशासन उल्लङघन गर्ने सांसदहरुलाई पार्टीले गरेको कारबाहीलाई सरकारले मान्यता नदिएको विषयमा कडा आपत्ति जनाएका थिए ।

संसद अघि बढ्न नदिने घोषणा गरेपछि सभामुख सापकोटाले निकै कडा स्वरमा संसदको नियमावली पढ्न एमाले सांसदहरुलाई आग्रह गरिरहे । तर, एमालेका सांसदहरुले लगातार नाराबाजी गर्दै रोष्टम घेपछि बैठक स्थागित भएको हो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds