ओलीले एमसिसी उपाध्यक्षको टोलीलाई भने -‘छलफलपछि औपचारिक धारणा तय गर्छौं’

ओलीले एमसिसी उपाध्यक्षको टोलीलाई भने -‘छलफलपछि औपचारिक धारणा तय गर्छौं’

fatima-oli

प्रमुख प्रतिपक्ष दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे पार्टीभित्र गहन छलफलपछि औपचारिक धारणा तय गर्ने बताएका छन् ।

बिहीबार दिउँसो ओलीलाई भेट्न ओली निवास बालकोट पुगेको एमसिसीकी उपाध्यक्ष फतिमा सुमारको टोलीलाई आफूहरू अहिले प्रतिपक्षमा भएकाले एमसिसीबारे धारणा नबनाएको र छलफलपछि औपचारिक धारणा तय गर्ने  बताएका हुन् ।

भेटका क्रममा उपाध्यक्ष सुमारले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) र अमेरिकी सैन्य गठबन्धनबीच सम्बन्ध नरहेको जानकारी गराएकि थिइन् । उनले कुनै पनि सैन्य प्रयोजनका निम्ति अनुदान कोषको प्रयोग गर्नबाट निषेध गरेको बताइन।

झण्डै एक घण्टाको भेटवार्तामा अध्यक्ष ओली, स्थायी कमिटी सदस्य विष्णु रिमाल, विदेश विभाग प्रमुख राजन भट्टराई, प्रचार विभाग उपप्रमुख सूर्य थापा लगायतको सहभागीता रहेको थियो।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ