देउवा सरकारले ५ लाख गरिबलाई १० हजारका दरले पैसा दिने

देउवा सरकारले ५ लाख गरिबलाई १० हजारका दरले पैसा दिने

शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारले ५ लाख गरिबलाई १० हजारका दरले रकम दिने घोषणा गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आज संसदमा प्रतिस्थापन विधेयक प्रस्तुत गर्दै कोरोना महामारी लगायतले काम गुमाएका गरिब परिवारलाई १० हजारका दरले रकम दिने घोषणा गरेका हुन् ।

अनौपचारिक तथा असंगठित क्षेत्रका गरिब र विपन्नलाई एक पटकका लागि प्रति परिवार १० हजारका दरले अनुदान रकम दिने घोषणा सरकारले गरेको छ । केपी ओली नेतृत्वको सरकारले अध्यादेशमार्फत ल्याएको बजेटलाई प्रतिस्थापन गर्दै देउवा सरकारले यो बजेट ल्याएको हो ।

कोभिड-१९ का प्रभावित नागरिकको जीवन रक्षा र शिथिल भएको अर्थतन्त्रलाई उच्च प्राथमिकता दिएर पुनरुत्थानका लागि बजेट अभाव हुन नदिने अर्थमन्त्री शर्माले बताए ।

अर्थमन्त्री जनार्दन शर्माले बजेटमार्फत ऋणको लक्ष्य ३७ अर्बले घटाएका छन् । आन्तरिक ऋण ३७ अर्ब घटाइएको छ भने चालु तर्फको खर्च १० प्रतिशत कटौती गरिएको मन्त्री शर्माले जनाए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

भर्खरै

ट्रेन्डिङ


This will close in 4 seconds