नेकपा अध्यक्ष केपी शर्मा ओलीले संसद बैठक सुरु हुनुअघि संसदीय दल बैठकमा सहभागी हुँदै विरोध कार्यक्रम जारी रहने बताएका छन्।
उनले संसदको अग्रभागमा आइतबार पनि प्रदर्शन राख्ने तर त्यहाँ पनि उभिन नदिने हो भने बाहिर नै निस्केर नाराबाजी गर्नुको विकल्प नरहेको बताए।
अध्यक्ष ओलीले संसदमा व्यक्तिगत सुरोपना नदेखाउन पनि आफ्ना सांसदहरुसँग आग्रह गरे। ‘सभामुखलाई माइकले टाउकोमा हान्नु भन्नु एकदमै गलत हो, व्यक्तिगत सुरोपना नदेखाउनुहोला।’
गत शुक्रबारको संसद बैठकका क्रममा एमाले सांसद रेखा झाले माइकले सभामुख र अर्थमन्त्रीको टाउको फुटाउने योजना रहेको सार्वजनिक गरेकी थिइन्।
उनले तोकिएको नारामात्र लगाउन पनि सांसदहरुसँग आग्रह गरेका छन्। ‘एमालेले कसैलाई व्यक्तिगत आक्रमण गर्दैन,’ उनले भने।
संसदको अग्रभागमा पनि मर्यादापालकहरुले आफ्ना सांसदहरुलाई उभिन नदिएको उल्लेख गर्दै अध्यक्ष ओलीले ‘वेल प्रतिपक्षको रहेको’ जिकिर गरे।
एमाले सांसदहरुले नियमावली उल्लंघन गरेको भन्ने सभामुख अग्नि सापकोटाको अभिव्यक्तिबारे रोष प्रकट गर्दै ओलीले भने( ‘पहिला तपाईँ आफ्नो अनुहार ऐनामा हेर्नुहोस्।’ सभामुखले नियमावली मिचेको जिकिर गर्दै कार्यव्यवस्था परामर्श समितिको बैठक नबोलाएकमा उनले आलोचना गरेका थिए।
सम्बन्धित खबर
आफूमाथि प्रश्न गर्ने सांसदलाई अर्थमन्त्रीको चेतावनी- तपाईंहरूका काण्ड पनि खुल्नेछन्
एमाले अध्यक्ष ओली अस्पताल भर्ना
बालेननिकट नेतासँग कोशी प्रदेश सभापतिमा हारेपछि सरिनले छाडिन् रास्वपा
घर भत्काइएका सुकुम्बासीसँग गृहमन्त्री सुधनले माफी मागे
प्रधानमन्त्रीले गरेको गल्ती अरूले सच्याउन मिल्दैन: हर्क सम्पाङ
अघिल्ला सरकारले ल्याएका गरिबमुखी कार्यक्रमलाई निरन्तरता दिएका छौँ: अर्थमन्त्री वाग्ले
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु