यसरी संसद् कति दिन चल्छ ?, देउवाले भने – ओलीलाई सोध्नू

यसरी संसद् कति दिन चल्छ ?, देउवाले भने – ओलीलाई सोध्नू

Sher Bahadur Deuba 2

प्रधानमन्त्री शेरबहादुर देउवाले संसद् अवरोध प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका कारण भएको भन्दै यसको जिम्मा पनि उसैले लिनुपर्ने बताएका छन् ।

आइतबार प्रतिनिधिसभा बैठक स्थगित भएपछि बाहिरिने क्रममा पत्रकारले उनलाई यसरी कतिन्जेल संसद चल्छ भनी प्रश्न गरेका थिए । जवाफमा देउवाले भने ‘ओलीलाई सोध्नू ।’

आइतबार बसेको प्रतिनिधिसभाको दुईवटा बैठकमा दुबै बैठक एमाले सांसदहरुले अवरोध गरेका थिए । आफूले १४ सांसदलाई गरेको कारबाहीलाई सभामुखले मान्यता नदिएपछि एमालेले लगातार संसद बैठक अवरोध गर्दै आएको छ । तर संसद अवरोध अन्त्य गर्ने विषयमा सभामुख सापकोटाले आइतबार छलफल गरेका छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ