काठमाण्डाै – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान दिवसको अवसरमा सरकारले नेताका आफ्नो परिवार र नातागोताभित्रका मानिसहरूलाई पदक दिएकाे भन्दै तिखो आलोचना गरेका छन् ।
आज आइतवार सातौँ संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा नेकपा एमालेले आयोजना गरेको कार्यक्रममा बोल्दै ओलीले संविधान दिवसको दिन शहीदका आमाबुबा, शहीदका सन्तान, घाइतेहरूले तक्मा पाउनुपर्नेमा नेताका श्रीमती र बुबाले तक्मा पाउनु विडम्बना भएको टिप्पणी गरे ।
सरकारले ७० दिनमा पनि पूर्णता पाउन नसकेकोप्रति एमाले अध्यक्ष ओलीले आलोचना गरे । उनले भने, ‘७० दिनमा सरकारले पूर्णता पाउन सकेको छैन । कति हाइसञ्चो हेर्नुस् त । कति हाइसञ्चो । आज संविधान दिवस । यो संविधान दिवसलाई जनताले आफ्नो संविधान दिवस ठान्नुपर्ने, यति बेला जनताको पराक्रमी सन्तानले सम्मानित हुन पाउनुपर्ने । सम्मानित भएको अनुभूति गर्न पाउनुपर्ने । गर्व गर्नुपर्ने । बालाई सम्मान । श्रीमतीलाई सम्मान । कस्तो विडम्बना यस देशको ? कस्तो भोका जुकाहरू पुगेका छन् शासनमा ? लाज लाग्छ संविधान दिवसका दिन बोल्दा । संविधान दिवसका दिन त संविधान ल्याएकोमा, लोकतन्त्र पाएकोमा, यो सफलता पाएकोमा शहीदका सन्तानले गर्व गर्न पाउनुपर्ने । शहीदका आमाबाबुले गर्व गर्न पाउनुपर्ने । घाइतेहरूले सम्मानित हुन पाउनुपर्ने । आज त बाउको मुख हेर्ने दिन हो ? श्रीमतीको मुख हेर्ने दिन हो ? छोराछोरीको मुख हेर्ने दिन हो ? कस्तो लालसा ? कस्तो भोक ? कस्तो आकाङ्क्षा ?’
उहाँले नयाँ संविधान बनेपछि राजनीतिक परिवर्तनका लागि सङ्घर्ष गर्नुपर्ने दिनको अन्त्य भएको उल्लेख गर्नुभयो । नेपालको परिवर्तनका लागि अब हिंसा आवश्यक र स्वीकार्य छैन भन्ने स्पष्ट पारेको पनि उनको भनाइ छ ।
अध्यक्ष ओलीले नेपाली समाजलाई स्थायित्व र समृद्धिको दिशामा अगाडि बढाउन संविधानले मार्गदर्शन गरेको बताए ।
सम्बन्धित खबर
बाढीपीडितका लागि कर्मचारीको तलबबाट ३६ करोड योगदान गरिने, बिदामा पनि काम गर्नुपर्ने
प्रधानमन्त्री र भौतिकमन्त्री बाढी प्रभावित क्षेत्र नुवाकोट पुगे
गण्डकी सरकारबाट एमाले बाहिरियो, ४ मन्त्रीले बुझाए राजीनामा
सात कारण दिँदै भारतीय मिडियाले लेख्यो– १५० दिनमै जेन–जी नायकबाट ‘खलनायक’ बन्दै बालेन
गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
सभामुखको रूलिङ विपरित प्रधानमन्त्री बालेन कालो चस्मा लगाएरै संसद बैठकमा जाने
यो पनि पढौँ
पोखराको मुख्यबजार क्षेत्रमै नालीमा बगे आमाछोरी
प्रार्थनाकै समयमा १६ सय ५० विद्यार्थी पढ्ने त्रिभुवन त्रिशुली मावि बगायो
प्रधानमन्त्री बालेनको भिडियो पत्रकारले खिच्दा सेनाले गर्यो डिलिट
गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो