काठमाडौँ — कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफूलाई पार्टी फुटाएर प्रधानमन्त्री बन्न हताराे नभएकाे बताएका छन् । उनले राजनीतिक दलसम्बन्धी अध्यादेशका कारण कांग्रेस फुट्छ भन्ने भ्रम नपाल्न आग्रह पनि गरेका छन् ।
‘साथीहरुलाई भ्रम परेको होला, राजनीतिक दल सम्बन्धी अध्यादेशले शेरबहादुरको पार्टी पनि फुट्न सक्छ भनेर । कांग्रेसको अर्को पक्ष भनेको म हो । मलाई पार्टी फुटाएर सभापति बन्नु, प्रधानमन्त्री बन्नुपर्ने हतारो छैन,’ नेता पौडेलले भने ।
आइतबारै एमाले संसदीय दलका उपनेता एवं सुवास नेम्वाङले प्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएर एमाले फुटाउन भूमिका खेलेको भन्दै त्यो अध्यादेश प्रधानमन्त्रीकै पार्टीका लागि प्रत्युत्पादक भए के हुन्छ ? भन्ने प्रश्न गरेका थिए ।
जवाफमा नेता पौडेलले राजनीतिक दलसम्बन्धी अध्यादेशले कांग्रेसलाई कुनै असर नगर्ने भनेका थिए । ‘मेरो सभापति चलाख हुनुहुन्छ, आफ्नै पार्टीमा असर गर्छ भनेर राजनीतिक दल सम्बन्धी अध्यादेश खारेज गराउनु पनि होला,’ पौडेलले भने, ‘तर मलाई त्यस्तो हतारो छैन ।’ पूर्वसभामुखसमेत रहेका नेता पौडेलले वर्तमान संविधानले मुलुकलाई समृद्धिको बाटोमा अघि बढाएको बताए ।
सम्बन्धित खबर
बाढीपीडितका लागि कर्मचारीको तलबबाट ३६ करोड योगदान गरिने, बिदामा पनि काम गर्नुपर्ने
प्रधानमन्त्री र भौतिकमन्त्री बाढी प्रभावित क्षेत्र नुवाकोट पुगे
गण्डकी सरकारबाट एमाले बाहिरियो, ४ मन्त्रीले बुझाए राजीनामा
सात कारण दिँदै भारतीय मिडियाले लेख्यो– १५० दिनमै जेन–जी नायकबाट ‘खलनायक’ बन्दै बालेन
गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
सभामुखको रूलिङ विपरित प्रधानमन्त्री बालेन कालो चस्मा लगाएरै संसद बैठकमा जाने
यो पनि पढौँ
पोखराको मुख्यबजार क्षेत्रमै नालीमा बगे आमाछोरी
प्रार्थनाकै समयमा १६ सय ५० विद्यार्थी पढ्ने त्रिभुवन त्रिशुली मावि बगायो
प्रधानमन्त्री बालेनको भिडियो पत्रकारले खिच्दा सेनाले गर्यो डिलिट
गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो