गोरखा । कमजोर आर्थिक अवस्थाका कारण गोरखाकी एक महिला आगोले जलेको चार दिन बितिसक्दा पनि उपचार बिना घरमै बसिरहेकी छन्। जिल्लाको उत्तरी भेगमा अवस्थित धार्चे गाउँपालिका वडा नं -२ रुन्चेतकी ४५ वर्षीया गर्बी घले आगोले जलेको चार दिन बित्दा पनि आर्थिक अभावका कारण बिना उपचार घरमै बस्न बाध्य भएकी हुन्।
गत असोज १ गते राति उनको गोठमा आगालागी भएको थियो । आगोमा परी उनका १५ वटा बाख्राहरु पनि मरेका थिए। आगोले उनको अनुहार, निधार, हात, पिठ्यूँ र कम्मर मुनिको भाग जलेको छ भने, घरमा भएको लत्ता कपडा, ९ थुन्से मकै लगायत अन्नहरु जलेर नष्ट भएका छन्।
आगोमा जलेर घाइते भएकी उनको अहिले स्वास्थ्य अवस्था बिग्रँदै गएको उनका आफन्त गोपाल घलेले गण्डक न्यूजलाई जानकारी दिए। उनले भने – “अहिले पनि म घाइते सँगै छु, अवस्था दयनीय बन्दै गइरहेको छ।”
धार्चे गाउँपालिका र आरुघाट गाउँपालिकाका जनप्रतिनिधिद्वारा उनको उपचारका लागि प्रयासको थालनी भएको घलेले जानकारी दिए। घाइतेलाई आज (सोमबार) हेलिकप्टर मार्फत सोती स्थित आर्खेत बजारसम्म हेलिकप्टरमा ल्याएर एम्बुलेन्स मार्फत काठमाण्डौ लैजाने तयारी भएको भएपनि खराब मौसमका कारण हेलिकप्टर जान नसकेको घलेले गण्डक न्यूजसँग भने।
धार्चे गाउँपालिकाका अध्यक्ष सन्त बहादुर गुरुङ (सन्तोष) ले पनि घाइतेको उपचारका लागि पहल भइरहेको बताए। गाउँपालिकाले यथासक्य उपचारका लागि प्रयास गरिरहेको तर मौसम बाधक बन्दा आज उनको उद्धार गर्न नसकिएको उनले बताए। ‘हामी पालिका र केही सहयोगीको प्रयासमा उपचारको तयारीमा जुट्दै छौं’ उनले भने।
घाइते भएको स्थान अति बिकट र सडक सञ्जालले नजोडिएको कारण उनको उपचारमा ढिलाइ भइरहेको आफन्त गोपाल घलेले बताए। कमजोर आर्थिक अवस्थाका कारण चार दिन बित्दा पनि उपचार नपाएर घरमै बस्न बाध्य गर्बी घलेको उपचारमा सहयोग गर्न चाहने जो कसैले आफन्त गोपाल घले (9869859150) लाई सम्पर्क गर्न सक्नेछन्।
सम्बन्धित खबर
१८ वर्षअघि गर्भवती महिलाको मृत्यु प्रकरणमा एक महिला थुनामा, अर्की धरौटीमा छुटिन्
बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
स्याङ्जाको नवग्रह मन्दिरको संरक्षणका लागि बजेट छुट्याइयोस् : सचेतक राई
नवग्रह मन्दिरमा ५ लाख ४४ हजारभन्दा बढी मन्त्रजप
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा