गोरखा । कमजोर आर्थिक अवस्थाका कारण गोरखाकी एक महिला आगोले जलेको चार दिन बितिसक्दा पनि उपचार बिना घरमै बसिरहेकी छन्। जिल्लाको उत्तरी भेगमा अवस्थित धार्चे गाउँपालिका वडा नं -२ रुन्चेतकी ४५ वर्षीया गर्बी घले आगोले जलेको चार दिन बित्दा पनि आर्थिक अभावका कारण बिना उपचार घरमै बस्न बाध्य भएकी हुन्।
गत असोज १ गते राति उनको गोठमा आगालागी भएको थियो । आगोमा परी उनका १५ वटा बाख्राहरु पनि मरेका थिए। आगोले उनको अनुहार, निधार, हात, पिठ्यूँ र कम्मर मुनिको भाग जलेको छ भने, घरमा भएको लत्ता कपडा, ९ थुन्से मकै लगायत अन्नहरु जलेर नष्ट भएका छन्।
आगोमा जलेर घाइते भएकी उनको अहिले स्वास्थ्य अवस्था बिग्रँदै गएको उनका आफन्त गोपाल घलेले गण्डक न्यूजलाई जानकारी दिए। उनले भने – “अहिले पनि म घाइते सँगै छु, अवस्था दयनीय बन्दै गइरहेको छ।”
धार्चे गाउँपालिका र आरुघाट गाउँपालिकाका जनप्रतिनिधिद्वारा उनको उपचारका लागि प्रयासको थालनी भएको घलेले जानकारी दिए। घाइतेलाई आज (सोमबार) हेलिकप्टर मार्फत सोती स्थित आर्खेत बजारसम्म हेलिकप्टरमा ल्याएर एम्बुलेन्स मार्फत काठमाण्डौ लैजाने तयारी भएको भएपनि खराब मौसमका कारण हेलिकप्टर जान नसकेको घलेले गण्डक न्यूजसँग भने।
धार्चे गाउँपालिकाका अध्यक्ष सन्त बहादुर गुरुङ (सन्तोष) ले पनि घाइतेको उपचारका लागि पहल भइरहेको बताए। गाउँपालिकाले यथासक्य उपचारका लागि प्रयास गरिरहेको तर मौसम बाधक बन्दा आज उनको उद्धार गर्न नसकिएको उनले बताए। ‘हामी पालिका र केही सहयोगीको प्रयासमा उपचारको तयारीमा जुट्दै छौं’ उनले भने।
घाइते भएको स्थान अति बिकट र सडक सञ्जालले नजोडिएको कारण उनको उपचारमा ढिलाइ भइरहेको आफन्त गोपाल घलेले बताए। कमजोर आर्थिक अवस्थाका कारण चार दिन बित्दा पनि उपचार नपाएर घरमै बस्न बाध्य गर्बी घलेको उपचारमा सहयोग गर्न चाहने जो कसैले आफन्त गोपाल घले (9869859150) लाई सम्पर्क गर्न सक्नेछन्।
सम्बन्धित खबर
‘प्रथम वालिङ सडक खाना महोत्सव’ भोलि एक दिन थपिने
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
फेदीखोलामा नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गर्ने दुई ट्याक्टर नियन्त्रण
सडक खाना महोत्सवका अवसरमा वालिङमा सार्वजनिक बिदा
प्रदेश प्रमुखबाट उधौली पर्व, यःमरि पुन्ही, धान्यपूर्णिमा तथा ज्यापु दिवसका अवसरमा शुभकामना सन्देश
११ वर्षीया बालिकालाई करणी गरेका फरार अभियुक्त पक्राउ
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’