माओवादी देशकै ठूलो पार्टी बन्छः प्रचण्ड 

माओवादी देशकै ठूलो पार्टी बन्छः प्रचण्ड 

prachanda

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डुले माओवादी केन्द्रलाई देशकै सबभन्दा ठूलो पार्टी बनाउने दाबी गरेका छन्।

सोमबार आयोजित पार्टीको केन्द्रीय निर्वाचन समितिको भर्चुअल अभिमूखीकरण बैठकमा बोल्दै प्रचण्डले माओवादी आकारमा सानो भए पनि एजेण्डाका आधारमा देशको सबभन्दा ठूलो पार्टी रहेको दाबी गरेका हुन्।

विचार आधारित विधि पद्धति आधारित र सबै तहमा निर्वाचित प्रतिनिधि रहेको देशकै सबभन्दा ठूलो पार्टी माओवादी केन्द्र बन्नेछु,उनले भने,सानो भए पनि एजेण्डाका आधारमा माओवादी अहिले पनि देशको सबभन्दा ठूलो दल हो। संविधानसभा, गणतन्त्र, संघीयताजस्ता परिवर्तनका सबै एजेण्डा हाम्रै हुन् भन्नेमा कोही कसैलाई भ्रम छैन।

केपी ओलीको प्रतिगमनविरूद्ध संघर्षको नेतृत्व नै माओवादीले गरेको उनले दाबी गरे। प्रचण्डले विधि र पद्धतिसम्मत रूपमा पार्टी सञ्चालन गरिने बताए।

अबदेखि पार्टीका सबै कमिटीका सदस्यदेखि पदाधिकारीसम्म निर्वाचनमार्फत् चुनिने भन्दै उनले निर्वाचन आयोगको जानकारी र उपस्थितिबिना कुनै पनि कमिटीको निर्वाचन वा सम्मेलन नहुने स्पष्ट गरे।

‘विधिसम्मत निर्वाचन सम्पन्न भएर आयोगले प्रमाणपत्र दिएर प्रमाणित नभएसम्म त्यसले आधिकारिकता पाउने छैन’, उनले भने।

कार्यक्रममा माओवादी केन्द्रीय कार्यालय इञ्चार्ज एवं स्थायी समिति सदस्य वर्षमान पुनले व्यक्तिगत महत्वकांक्षा र स्वार्थका लागि पार्टीभित्र गुटबन्दी नगर्न आग्रह गरे।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ