पोखरा। नेकपा एमाले पोखरा -१५ ले घर-घरमा प्रतिवद्धता पत्र बाँड्दै पाँच वर्ष भित्र सबै वाचा पूरा गर्ने जनाएको छ।
वडावासीसँग भेटघाट तथा घरदैलो कार्यक्रमको सिलसिलामा पुगेको पाँचै जना उम्मेदवारसहितको टोलीले जनतासँग भोट माग्दै प्रतिवद्धता पत्रमा उल्लेख गरिएका वुँदा आवश्यकता र औचित्यका आधारमा पाँच वर्ष भित्र पूरा गर्ने वाचा गरेको हो ।

टोलीले आज वडाको कान्तिपुर टोल, फलेपाटन, ज्ञानमार्ग, जाल्पा मार्ग र कोलपाटन क्षेत्रमा घरदैलो तथा भेटघाट कार्यक्रम सम्पन्न गरेको छ। जनता भेटघाटका लागि घर-घरमा पुगेका उम्मेदवारसहितको टोलीलाई टोलवासीले न्यानो आतिथ्यताका साथ भारी मतले जिताउने वचन दिएका छन्।

घरदैलोकै क्रममा अध्यक्ष पदका उम्मेदवार तोरण बानियाँलाई कतिपय वृद्धा आमाहरुले शिरमा हात राख्दै ‘पहिलेदेखि नै सहयोग गर्दै आइरहनुभएकोमा अब फेरी धेरै मतले विजयी भइ जनताको मनमा बस्ने गरी काम गर्नु’ भन्दै आशिर्वाद दिएका थिए। आशिर्वाद लिँदै बानियाँसहित उम्मेदवारको टोलीले निर्वाचित भएपछि जनताले छिट्टै महशुस गर्ने गरी काम गर्न उत्सुक भएको प्रतिक्रिया दिए।

घरदैलो तथा भेटघाटकै क्रममा केहीले त ’हाम्रो भोट हजुरहरुलाई नै हो, दुःख पाउनु पर्ने थिएन’ भनेका थिए। जवाफमा बानियाँले ’यसरी भेटघाट गर्दा आत्मियता बढ्ने बताए।’
स्थानीय तहको चुनावको मिती नजिकिंदै जाँदा यतिबेला नेकपा एमाले पोखरा-१५ ले घरदैलो तथा भेटघाट कार्यक्रमलाई सक्रियताका साथ अघि बढाएको छ। भेटघाटका क्रममा वडावासी जनताले देखाएको हार्दिकता र आत्मियता देख्दा निर्वाचित भएर छिटो जनताको सेवामा लाग्न आतुर भएको अन्य उम्मेदवारहरुले बताएका छन्।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
चार वर्षमै अर्जुनचौपारीको शिक्षा क्षेत्रमा ठूलो फड्को
स्याङ्जामा बालबालिकालाई सारङ्गी सिकाइँदै, जोगाइँदै मौलिक संस्कृति
भरुवा बन्दुकसहित एक वृद्ध पक्राउ
गण्डकी प्रदेश प्रमुख भट्टसमक्ष मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेस
छैटौं टाइगर कपमा २२ लाख ६५ हजार रुपैयाँ बचत
यो पनि पढौँ
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
सरकारले फेरि बढायो डिजेल र इन्धनको मूल्य, कति पुग्यो ?
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह