पोखरा। नेकपा एमाले पोखरा -१५ ले गलेश्वर स्थित शिवशक्ती टोलमा चुनावी कार्यक्रमको आयोजना गरेको छ।
आयोजित कोण सभालाई सम्बोधन गर्दै पोखरा -१५ का वडा अध्यक्ष पदका उम्मेदवार तोरण बहादुर बानियाँले “मनमा इमान्दारी, हृदयमा समझदारी, समग्र वडा नं -१५ को विकासको प्रगति हामी सबैको जिम्मेवारी” भन्ने नारा अनुरुप आसन्न निर्वाचनमा वडाको विकासका लागि सूर्य चिन्ह लिएर आएको बताए। उनले यस क्षेत्रमा आफू र आफ्नो टीम नयाँ र नौलो नाम नभएको भन्दै हिजोका दिनहरुमा धेरै योगदानहरु दिएको बताए। उनले आफू वडा सदस्यमा निर्वाचित भएपछि पनि यस क्षेत्रमा धेरै विकासका कामहरु गरेको दाबी गरे।
बानियाँले वडा नं -१५ लाई सु-सभ्य नागरिक बस्ने उदाहरणिय वडा बनाउने अभियानमा लागेको भन्दै आफूहरु पाँचै जनासहित मेयर र उपमेयर पदका उम्मेदवारलाई भोट दिन आग्रह गरे। उनले उपस्थित टोलवासीसँग दुख:मा पनि साथ दिन्छौं, सुखमा तपाइँसँगै रमाउँछौं भन्दै हरेक अप्ठेरो अवस्थामा सँगै रहेर आफ्नो वडालाई राम्रो वडा र समृद्ध वडा बनाउन लागि पर्ने दोहोर्याए।
यस्तै, शिवशक्ती टोल समितिका अध्यक्ष नेत्र बहादुर रेग्मीले टोलवासीका लागि वडाले सडक र बिजुली सुविधा दिएको भएपनि आफ्नो स्वामित्वको लालपूर्जाको खाँचो रहेको बताए। “अरु हामीलाई पुगेकै छ, अब हामीलाई आफ्नो स्वामित्वको लालपूर्जा चाहियो। ” उनले भने।
रेग्मीले आफ्नो टोलमा अहिले बोरिङको पानी मात्र उपलव्ध भएकोमा छिट्टै सरकारी पानी पिउन पाउने आशा व्यक्त गरे।
पोखरा महानगरपालिका वडा नं -१५ बाट स्थानीय तहको चुनावी मैदानमा अध्यक्ष पदका लागि बानियाँसँगै खुल्ला सदस्य पदमा युवा उम्मेदवार तथा समाजसेवी, गलेश्वर युवा क्लबका संस्थापक आशिष भण्डारी, मजदुर आन्दोलनमा जीवनको लामो समय व्यतित गरेका सदस्य पदका वलराम पौडेल, भूमि आन्दोलनकी केन्द्रिय सदस्य सेतीमाया गुरुङ र दलित महिला सदस्यमा २०७४ सालमा निर्वाचित भएर पुनः उम्मेदवारी दिएकी मन्दिरा परियार छन्।
सम्बन्धित खबर
निर्वाचन र होलीलाई शान्तिपूर्ण बनाउन स्याङजामा प्रशासनको अपिल
चापाकोटमा निर्वाचन सुरक्षाबारे उच्चस्तरीय छलफल, शान्तिपूर्ण मतदानमा जोड
स्याङ्जामा प्रतिनिधिसभा निर्वाचनका लागि करिब दुई हजार कर्मचारी खटाइँदै
वालिङ अस्पतालमा पहिलोपटक शव राख्ने फ्रिज सुविधा थपियो
स्याङ्जामा चुनावी ‘ड्राइ डे’ लागू, नतिजा नआएसम्म मदिरा बिक्रीवितरण तथा सेवनमा अस्थायी रोक
गोरखामा जिप दुर्घटना हुँदा चालकको मृत्यु
यो पनि पढौँ
धादिङ बस दुर्घटना: १९ मृतकको पहिचान खुल्यो, मृतक तीन विदेशी
धादिङमा बस दुर्घटनाः मृतकको सङ्ख्या १९ पुग्यो, २२ बढी घाइते
अटोवेजले भित्र्यायो ‘युरो–६’ लक्जरी बस, स्विफ्ट होलिडेजद्वारा ६ बस सञ्चालनमा [तस्वीरहरू]
चुनावमा तीन दिन बिदा दिन सरकारलाई आयोगको सिफारिस