पोखरा। नेकपा एमाले पोखरा -१५ ले गलेश्वर स्थित शिवशक्ती टोलमा चुनावी कार्यक्रमको आयोजना गरेको छ।
आयोजित कोण सभालाई सम्बोधन गर्दै पोखरा -१५ का वडा अध्यक्ष पदका उम्मेदवार तोरण बहादुर बानियाँले “मनमा इमान्दारी, हृदयमा समझदारी, समग्र वडा नं -१५ को विकासको प्रगति हामी सबैको जिम्मेवारी” भन्ने नारा अनुरुप आसन्न निर्वाचनमा वडाको विकासका लागि सूर्य चिन्ह लिएर आएको बताए। उनले यस क्षेत्रमा आफू र आफ्नो टीम नयाँ र नौलो नाम नभएको भन्दै हिजोका दिनहरुमा धेरै योगदानहरु दिएको बताए। उनले आफू वडा सदस्यमा निर्वाचित भएपछि पनि यस क्षेत्रमा धेरै विकासका कामहरु गरेको दाबी गरे।
बानियाँले वडा नं -१५ लाई सु-सभ्य नागरिक बस्ने उदाहरणिय वडा बनाउने अभियानमा लागेको भन्दै आफूहरु पाँचै जनासहित मेयर र उपमेयर पदका उम्मेदवारलाई भोट दिन आग्रह गरे। उनले उपस्थित टोलवासीसँग दुख:मा पनि साथ दिन्छौं, सुखमा तपाइँसँगै रमाउँछौं भन्दै हरेक अप्ठेरो अवस्थामा सँगै रहेर आफ्नो वडालाई राम्रो वडा र समृद्ध वडा बनाउन लागि पर्ने दोहोर्याए।
यस्तै, शिवशक्ती टोल समितिका अध्यक्ष नेत्र बहादुर रेग्मीले टोलवासीका लागि वडाले सडक र बिजुली सुविधा दिएको भएपनि आफ्नो स्वामित्वको लालपूर्जाको खाँचो रहेको बताए। “अरु हामीलाई पुगेकै छ, अब हामीलाई आफ्नो स्वामित्वको लालपूर्जा चाहियो। ” उनले भने।
रेग्मीले आफ्नो टोलमा अहिले बोरिङको पानी मात्र उपलव्ध भएकोमा छिट्टै सरकारी पानी पिउन पाउने आशा व्यक्त गरे।
पोखरा महानगरपालिका वडा नं -१५ बाट स्थानीय तहको चुनावी मैदानमा अध्यक्ष पदका लागि बानियाँसँगै खुल्ला सदस्य पदमा युवा उम्मेदवार तथा समाजसेवी, गलेश्वर युवा क्लबका संस्थापक आशिष भण्डारी, मजदुर आन्दोलनमा जीवनको लामो समय व्यतित गरेका सदस्य पदका वलराम पौडेल, भूमि आन्दोलनकी केन्द्रिय सदस्य सेतीमाया गुरुङ र दलित महिला सदस्यमा २०७४ सालमा निर्वाचित भएर पुनः उम्मेदवारी दिएकी मन्दिरा परियार छन्।
सम्बन्धित खबर
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
पुलिसलाई हराउँदै न्यू डायमण्डले जित्यो टाइगर कपको महिलातर्फको उपाधि
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो