मन्टेश्वरीमा ‘समाचार’ का कारण शिक्षिका निकाला

मन्टेश्वरीमा ‘समाचार’ का कारण शिक्षिका निकाला

Little-Learners

पोखरा । विद्यालयबारे गलत समाचार सम्प्रेषण भएको विवादमा शिक्षिकाको जागिर चट् भएको छ । एक दैनिक पत्रिकामा समाचार प्रकाशन भएको सन्दर्भमा यसकाे सत्यतथ्यबारे एक शिक्षिकाले आपत्ति जनाएपछि विद्यालय सञ्चालक रुष्ट बने । बाल दिवस अवसरमा भदौ २९ मा आयोजित कार्यक्रम बढाईं चढाईं मिडियासामु पु¥याएको भन्दै शिक्षिकाहरुबीच फेसबुक ग्रुप म्यासेन्जरमा कुराकानी थियो ।

शिक्षिकाहरु नै विद्यालयको हित नचाहेको महसुस गरेका सञ्चालकले जागीरबाटै हटाउने निर्णय गरेपछि घटनाले यो रुप लिएको हो । पोखरा २, नयाँ बसपार्क, बेशीमार्गस्थित लिटिल लनर्स मन्टेश्वरी एण्ड एकेडेमीका संस्थापक दीपु भारीले शिक्षिका पुनम थापामगरलाई यही विषयमा विद्यालयको जिम्मेवारीबाट हटाएका हुन् । घटना सम्बन्धमा दुवैले एक अर्कालाई दोषारोपण गरेका छन् । समाचारमा आएका कपोलकल्पित नामका बारेमा भएको बहसले विशाल रुप लिएपछि शिक्षिकाले तीन वर्षे जागीरबाट हात धुनुपरेको छ ।

‘एक त म मिडियाकर्मी हुँ । गलत समाचारलाई गलत भनेको हुँ । यति भन्दैमा उहाँले मलाई निक्लन भन्नुभो । कि राजीनामा दिनुस् कि बच्चा कुटेको भनेर निर्णय गराउँछु भनेर धम्की दिनुभयो ।’–शिक्षिका मगरले भनिन् – ‘प्राईभेट संस्था हो सरकारी होईन । मन लागे राख्छु, नलागे राख्दिनँ भनेर भन्नुभाको छ । कल रेकर्ड सुरक्षित छ । यस्तो आरोप लगाएर निकाल्न पाईन्छ ?’

आफूलाई अनुचित मानसिक दबाब दिएको भन्दै शिक्षिकाले सो घटनाबारे खुलासा गरिन् । मिडियालाई कसरी प्रयोग गरिएकाे छ ? पत्रकार नपुगेका कार्यक्रममा आयोजक संस्थाले नै कार्यक्रमबारे जानकारी टिपाएर वा मेल गरिदिएर कसरी असत्य समाचार बन्छन् ? भन्ने रहस्य पनि याे घटनाले उजागर गरेको छ ।

शिक्षिका थापा मगर सञ्चारकर्मी समेत हुन् । उनी हाल पोखरा टेलिभिजनमा कार्यरत छिन् । यसअघि रेडियो सिटी पोखरामा विभिन्न कार्यक्रम सञ्चालन गर्ने गर्थिन् भने बिग एफएममा रिसेप्सनिष्टका रुपमा सञ्चार संस्थामा छिरेकी थिइन् । गलत सामाग्री मिडियासामु पु¥याउँदा आफू मिडियाकर्मी भएको नाताले राम्राे नलागेको र यस विषयमा साथीहरुसँग कुराकानी भएको उनले खुलाइन् । ‘समाचार सत्य, निष्पक्ष हुनुपर्छ । म मिडियामा समेत आबद्ध भएकाले आफ्नै विद्यालयबारे बढाईचढाईं गरी समाचार पत्रिकामा आएपछि हामी साथीहरुबीच कुरा भएकै हो’–उनले भनिन्–‘पत्रिकासँगै सम्बन्धित व्यक्तिसँग यस विषयमा कुराकानी गरेको थिएँ । समाचार लेख्नेलाई सोध्नुभएछ । लेख्नेले फेरि सरसँग कुरा पु¥याउनुभएछ । अनि मलाई मानसिक तनाव दिने काम शुरु भो ।’

संस्थापक भारीको फेसबुकमा समाचारको कटिङ पोष्ट भएपछि शिक्षिकाहरु अचम्मित बने । समाचारमा संस्थापकका छोरा र श्रीमतीको नाम संलग्न छ । मन्टेश्वरीमा नपढ्ने बच्चाको नाम पनि देखेपछि शिक्षिकाहरुबीच हाँसोमजाक चल्यो । उनीहरु फेसबुक ग्रुप च्याटमा कुरा गरेका थिए । अन्ततः संस्थापक भारीसमक्ष कुरा पुगेपछि घटनाले यो रुप लिएको हो । केही शिक्षिकाले अवमूल्यन गरी शब्द प्रयोग समेत गरेका थिए ।

संस्थापक भारीले सोमबार विद्यालय खुलेपछि शिक्षिका थापामगरलाई बोलाएर सोधखोज गरे । ‘एक त म मिडियाकर्मी हुँ । गलत समाचारलाई गलत भनेको हुँ । यति भन्दैमा उहाँले मलाई निक्लन भन्नुभो । कि राजीनामा दिनुस् कि बच्चा कुटेको भनेर निर्णय गराउँछु भनेर धम्की दिनुभयो ।’–शिक्षिका मगरले भनिन् – ‘प्राईभेट संस्था हो सरकारी होईन । मन लागे राख्छु, नलागे राख्दिनँ भनेर भन्नुभाको छ । कल रेकर्ड सुरक्षित छ । यस्तो आरोप लगाएर निकाल्न पाईन्छ ? मंगलबार बिदाको दिन डान्स क्लास थियो । सबैलाई बोलाएछन् तर मलाई बोलाइएन ।’

आफूले गलत कुरा नबोलेको र विद्यालयको अहित नचाहेकोले आफूले राजीनामा नदिने जवाफ दिँदा संस्थापक भारीले विद्यालय आएपनि अब पढाउनुनपर्ने, अन्य मिसहरुसँग नबोल्न, मासिक तलब मात्र लिएर जान भनेको शिक्षिका मगरले बताइन् । अन्य शिक्षिकाहरु बिमला गुरुङ, सवनम गुरुङ, वीनिता गुरुङलाई पनि छुट्टै बोलाएर माफी माग्न लगाइएको थियो ।

यसैबीच, संस्थापक भारीले भने आफूले गलत समाचार नदिएको भन्दै प्रतिवाद गरेका छन् । ‘समाचारको विषयमा पत्रकारलाई नै थाहा होला । कार्यक्रम भएको हो । कसले जानकारी गरायो थाहा छैन । हामी समाचारकै लागि यसअघि कतै कसैलाई भनेका छैनौं’–भारीले भने–‘पत्रकारले के लेख्यो हामीलाई पत्रकारिता थाहा हुन्न । तपाईंहरु अनुसन्धान गर्नुस् । त्योभन्दा बढी जान्न मन भए यहाँ आउनुस्, छानविन गर्नुस् । आन्तरिक कुरा बाहिर लैजाने कस्तो मान्छे हो त नि ?’ भारीले आफ्नो मन्टेश्वरी प्राइभेट लिमिटेड रहेकोले कसलाई राख्ने, नराख्ने भन्ने बारे आफ्नो निर्णयमा भरपर्ने जवाफ दिए ।

मण्टेश्वरी एशोसिएसन कास्कीकी अध्यक्ष अरुणा शेरचनसँग मण्टेश्वरी सञ्चालन प्रक्रिया र स्टाफ, कर्मचारी हायर÷फायर नियमबारे बुझ्न खोज्दा उनीसँग सम्पर्क भएन । दोस्रो पटकको फोन प्रयासमा मोबाइल म्यासेजमा आफू बैठकमा रहेको र आधा घण्टापछि फोन गर्न भनेपछि पछि फोन गर्दा समेत फोन उठेन ।

पाँच वर्षअघि स्थापित उक्त मन्टेश्वरीमा अहिले तीन कक्षासम्म पढाई हुन्छ । सो मन्टेश्वरी अतिरिक्त क्रियाकलापमा निकै सक्रिय छ । बाल दिवसका दिन औपचारिक कार्यक्रम नराखिए पनि बालबालिकालाई भेला गराई केक काटेर प्रतिभा प्रस्फुटन कार्यक्रम राखेको थियो ।

[आदर्श समाज राष्ट्रिय दैनिक, पोखरामा २०७४ असोज ४ गते समेत प्रकाशित]

प्रतिक्रिया

लेखकको बारेमा

रञ्जन अधिकारी

रञ्जन अधिकारी

अधिकारी गण्डक न्यूजका फाउण्डर इडिटर हुन् ।

ट्रेन्डिङ