सापकोटाको बहुआयामिक कविता संग्रह ‘युगान्तर’ प्रकाशित

साहित्य

सापकोटाको बहुआयामिक कविता संग्रह ‘युगान्तर’ प्रकाशित

Book Display Front

नारायणप्रसाद सापकोटाको पहिलो कविता संग्रह ‘युगान्तर’ प्रकाशित भएको छ ।

कास्कीको मादी गाउँपालिका वडा नम्बर ४ तारकाङ, केउरानी, रातमाटामा वि.सं. २०४१ सालमा जन्मेका सापकोटा हाल पोखरा १३ साझाका बासिन्दा हुन् ।

पेसाले अङ्ग्रेजी प्राध्यापनमा रहेका उनी भद्रकाली बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख हुन् । त्रिभुवन विश्वविद्यालयको ग्राजुएट स्कुल अफ एजुकेसनबाट विद्यावारिधि (पिएचडी) तहको अध्ययन गर्दै गरेका सापकोटा सिर्जनात्मक र प्राज्ञिक दुवै लेखनमा समता र सामाजिक न्यायको खोजी गर्छन् ।

साहित्यपोस्टले प्रकाशन गरेको यो कृतिमा जम्मा ५५ वटा कविताहरु समेटिएका छन् । यी कविताहरुलाई पढेर, काव्यचित्र हेरेर, वाचन सुनेर वा हेरेर ग्रहण गर्न सकिन्छ । यसरी आफ्नो पहिलो कृति मार्फत लेखक सापकोटाले नेपाली साहित्यमा पहिलोपटक बहुआयामिक स्वाद दिएका छन् ।

सापकोटाको नेपाली साहित्य सिर्जना रुचिको विषय हो । यसअघि थुप्रै फुटकर लेखरचनाहरु प्रकाशन गरिसकेका उनको ‘युगान्तर’ पहिलो पुस्तकाकार कृति हो ।

‘आफ्नो पहिलो कृति मार्फत पाठकलाई काव्यिक रचना पठनसँगै चित्र र श्रव्यदृश्यको बहुआयामिक अनुभूति गराउने प्रयास गरेको छु,’ लेखक सापकोटाले भने ।

पुस्तक प्राप्त गर्न चाहने पाठकले ९८५६०३३२६८ मा सम्पर्क गर्न सक्नेछन् । यस्तै सल्लाह, सुझाव र प्रतिक्रियाका लागि लेखकलाई इमेल ठेगाना [email protected] मा सम्पर्क गर्न सकिने जनाइएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ