पोखरा। पोखरा जेसीजका वर्तमान अध्यक्ष सुमन पहारीले नेपाल जेसीजको राष्ट्रिय उपाध्यक्ष पदमा उम्मेदवारी दिएका छन्।
आगामी पुस ८ र ९ गते झापाको भद्रपुरमा भद्रपुर जेसीजको आतिथ्यतामा आयोजना हुने नेपाल जेसीजको ५३औँ राष्ट्रिय महाधिवेशनमा पहारीले उम्मेदवारी प्रस्तुत गरेका हुन्। पहारी पोखरा जेसीजका निवर्तमान अध्यक्ष हुन् ।
सन् १९७५ मा स्थापना भएको पोखरा जेसीजले आफ्नो संस्थागत यात्रामा हालसम्म चार जना राष्ट्रिय अध्यक्ष उत्पादन गरिसकेको छ। झण्डै आठ वर्षपछि पोखरा जेसीजले पुनः राष्ट्रिय नेतृत्वमा आफ्नो प्रतिनिधित्व गराउन उम्मेदवारी अघि सारेको हो।
संस्थाको गरिमा, नेतृत्व विकासको परम्परा र राष्ट्रियस्तरमा सहभागिता अभिवृद्धि गर्ने उद्देश्यले पहारीको उम्मेदवारीलाई पोखरा जेसीजले संस्थागत महत्त्वका साथ लिएको छ। उम्मेदवारीलाई व्यवस्थित बनाउन तथा महाधिवेशनमा आवश्यक समन्वय र प्रचारप्रसारका गतिविधि सञ्चालन गर्न पोखरा जेसीजका निवर्तमान अध्यक्ष भाइराज रानामगरको संयोजकत्वमा प्रचारप्रसार समिति गठन गरिएको छ।
समितिले महाधिवेशनमा सहभागी विभिन्न शाखाका प्रतिनिधि, पूर्व तथा वर्तमान जेसीज नेतृत्व र महाधिवेशन प्रतिनिधिहरूसँग समन्वय गर्दै उम्मेदवारीको प्रचारप्रसार तथा सम्पर्कका गतिविधि सञ्चालन गर्नेछ।
पोखराको अग्रणी सामाजिक तथा नेतृत्व विकासमूलक संस्थाका रूपमा परिचित पोखरा जेसीजले स्थापनाकालदेखि नै युवाको नेतृत्व क्षमता र व्यक्तित्व विकासमा योगदान पुर्याउँदै आएको छ। राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा समेत आफ्नो उपस्थिति जनाउँदै आएको संस्थाले आठ वर्षपछि पुनः राष्ट्रिय नेतृत्वमा उम्मेदवारी प्रस्तुत गर्नुलाई संस्थाको नेतृत्व यात्राको निरन्तरताका रूपमा हेरिएको छ।
नेपाल जेसीजको ५३औँ राष्ट्रिय महाधिवेशनले एक जना राष्ट्रिय अध्यक्ष, चार जना राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष र १२ जना राष्ट्रिय उपाध्यक्षसहित नयाँ राष्ट्रिय नेतृत्व चयन गर्नेछ। महाधिवेशनले देशभरका जेसीजकर्मीबीच अनुभव, विचार र नेतृत्व विकासका अभ्यास आदानप्रदान गर्ने अवसरसमेत प्रदान गर्नेछ।
सम्बन्धित खबर
नेपाल जेसीजको राष्ट्रिय उपाध्यक्षमा पोखराका सुमन पहारीको उम्मेदवारी
सापकोटाको बहुआयामिक कविता संग्रह ‘युगान्तर’ प्रकाशित
होराइजन वालिङले जित्यो कालीगण्डकी गोल्डकपको उपाधि
स्याङ्जाको बिरुवामा झाडीभित्र भेटियो भरुवा बन्दुक
स्याङ्जामा २ हजार ५७२ मतदाताको नाम सूचीबाट हटाइयो
कालीगण्डकी गोल्डकपको फाइनलमा होराइजन र ज्योतिपुञ्ज भिड्ने
यो पनि पढौँ
स्याङ्जा नागरिकता किर्ते प्रकरण : ताकेतापछि मात्रै ३ कर्मचारी पक्राउ
इनम सापकोटा बालेनकै विचौलिया हुन्, निर्वाचन क्षेत्रमा सर्भेमा खटिएका थिएः सूर्य थापा
पृथ्वी राजमार्गको मझिमटार खण्ड तीन घण्टा बन्द हुने
दानबहादुर कार्कीलाई सरकारले आइजीपीबाट हटायो, कानुनी जटिलताबाट बच्न नयाँ जिम्मेवारी सुरक्षा सल्लाहकार !