पोखरा, ६ कार्तिक / प्रायः सवारी दुर्घटना ओभरटेकका क्रममा हुन्छ । असावधानी र लापरबाहीले सडकबाट उछिटिन्छन् । त्यतिमात्र होईन, अगाडिको सवारीले एक्कासी ब्रेक लगाउँदा पछाडीको सवारी ठोक्किएर पनि दुर्घटना हुन्छ । यसका लागि सवारी चालकले आफूभन्दा पछाडीको सवारी समेत हेरेर सावधानीपूर्वक गति सीमित गर्नुपर्दछ ।
तनहुँमा बस एक्कासी स्पीड कम गर्दा स्कुटर बस मुनि छिर्न पुगेको छ । हेल्मेटका कारण टाउको सोझै बसको पछाडी भागमा ठोक्किन पाएन र भाग्यवश ज्यान जोगिएको छ ।
तनहुँ शुक्लागण्डकी नगरपालिकाको दुलेगौडामा ग५प २३१७ नम्बरको स्कुटर ठक्कर खाँदा स्कुटर चालक ठूलो दुर्घटनाबाट जोगिएका छन् ।
रुपन्देहको लुम्बिनी गाउँपालिका वडा नंं ७ का १९ वर्षिय विवेक काफ्ले तिहार मनाएर पोखरा फर्कदैं गर्दा ग १ ख ५२४७ नम्वरको मिनिबसको पछाडी पट्टि ठक्कर खान पुगे । प्रहरीका अनुसार उनको गाला र नाकमा चोट लागेको छ ।
गालामा टाका लगाइएको तनहुँ सेवा हस्पिटलले जनाएको छ । इलाका प्रहरी कार्यालबाट ट्राफिक प्रहरी प्रसाद ढकालको नेतृत्वमा तत्काल दुर्घटनास्थलमा प्रहरी पुगेको थियो ।
घाईतेको दुलेगौडाको तनहुँ सेवा हस्पिटलमा उपचार गरिएको थियो ।
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ