प्रकाश ढकाल पोखरा, असोज २९ । फूलको पर्वको रुपमा लिईने तिहारमा पोखरामा यसबर्ष ८० प्रतिशत फूल पोखरा आसपासबाटै आउने उनको अनुमा छ । ‘पछिल्लो समय कास्की र आसपासमा फूलखेति गर्ने किसानहरु निकै बढेका छन् ।
यस क्षेत्रमा फूलको ब्यापार केन्द्र नै पोखरा हो, द्धाले भने–विस्तारै पोखरा फूलमा आत्मनिर्भर हुँदैछ । केही बर्षमा भारतीय फूल नै नझार्ने अवस्था बन्न सक्छ ।’ अघिल्ला बर्षहरुमा २५ देखि ३० प्रतिशत सयपत्री तिहारका लागि मात्रै भारतबाट आयात हुन्थ्यो । पोखरामा तिहारका लागि मात्रै झण्डै ६० लाखको हाराहारीमा फूल विक्रि हुने अनुमान छ ।
‘हामीसँग एकिन तथ्याकं त छैन । अघिल्ला बर्षमा बेचिएका फूल मुल्याकंन गरेर अनुमान लाउने हो, उनी भन्छन्–तिहार मनाउन गाउँदेखि शहरमा झर्ने चलन छ । यसले पनि ब्यापार बढी नै हुन सक्छ ।’ अहिले नर्सरीमा भन्दा पनि तिहार लक्षित गरी सयपत्री फूलको खेति गर्ने किसानहरु बढेका छन् । पोखरामा व्यावसायिक फूलखेती गर्ने किसान ३५ को हाराहारीमा छ । ति सबै फ्लोरिकल्चर एशोसियन कास्कीमा सूचीकृत छन् । यहाँ तिहार र प्रणय दिवसका दिन अपुग हुने भएपछि भारतीय फूलहरु खपत हुन्छन् ।
यहाँ कास्की सहित स्याङजा, बागलुङ, गोरखा, धादिङ लगाएतका ठाउँबाट फूल आयात हुन्छन् । यस क्षेत्रमा करिब ३०० प्रजातिका पूmलको व्यवसायिक खेती हँुदै आएको छ । कास्कीको कालिका, लाहाचोक, घाचोक, भरतपोखरी, शिसुवा लगाएतका ठाउँमा फूल खेति बढेको छ । जिल्ला कृषि विकास कार्यालयले पनि कालिका, लाहाचोक तथा पोखरा १७ बिरौटामा फूलको नर्सरी स्थापना गरेको छ ।
सम्बन्धित खबर
छ महिनामा स्याङ्जा ट्राफिकद्वारा झण्डै ५२ लाख राजस्व संकलन
सुजल डेरीको ‘डिलाइट डेरी प्राइड’ इन्स्ट्यान्ट फुल क्रिम मिल्क पाउडर बजारमा
सुन्तला उत्पादनबाट स्याङ्जामा एक अर्ब ३२ करोड बढी आम्दानी
फोहोरबाट मोहर कमाउँदै भीरकोट
स्याङ्जाको रोयल सहकारीको ३४ लाख नाफा, आगामी वर्ष डेढ करोड मुनाफाको लक्ष्य
पोखरामा खुल्यो बिवाईडीको नयाँ शोरूम, एसयूभी सिलायन-७ लञ्च
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ
सुनकाे मूल्य आज घट्यो
बाहिरियो वर्षा र हिमपात गराउने प्रणाली, यस्तो छ आगामी मौसम पूर्वानुमान