रञ्जन अधिकारी पोखरा, ११ कार्तिक / पोखराका वरिष्ठ उद्योगपति सूर्यबहादुर केसीलाई नेपाली काँग्रेसका शीर्षस्थ सबै नेताहरु पोखरा नै आएर पार्टीमा भित्रायो । उनी राप्रपामा लामो समय व्यतित गरेका नेता हुन् भने राप्रपाबाटै सभासद् पनि बने ।
शनिबार पोखरामा प्रधानमन्त्री समेत रहेका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री सशांक कोईराला, शिक्षामन्त्री गोपालमान श्रेष्ठ, कानुनमन्त्री यज्ञबहादुर थापा सहितको उपस्थितिमा उनी काँग्रेस प्रवेश गरे ।
केहि दिन अघि पत्रकार सम्मेलन गरी एमालेको गुणगानका साथ काँग्रेस प्रवेश गर्छु भनेका केसी शनिबार प्रवेश गर्ने दिन पनि नेताहरुसँग एमालेलाई नै जोडे ।
केसीले नेकपा एमालेको गुणगान गाउँदै पछिल्लो समय काँग्रेस आफ्नै प्रजातान्त्रिक धारमा रहँदा काँग्रेसलाई चयन गरेको बताए । ‘मैले एमालेलाई र काँग्रेसलाई समदुरीमा राखेर हेरेँ । पहिलो संविधानसभा, दोस्रो संविधानसभा जहिले पनि एमाले र काँग्रेस उस्तै थिए तर एमाले र माओवादी गठबन्धन पछि म काँग्रेस चयन गरेको हुँ ।’ उनले भने– ‘उग्रबामपन्थीहरुलाई हामी उद्योगी व्यवसायी जति अरु कसले सामना गरेको छ ? साम्यवाद सैह्य छैन, यसको विरुद्ध एक होऔं ।’
केसीले खुलेरै हिन्दु धर्म स्थापना हुनुपर्नेमा जोड दिँदै क्षेत्री ब्राह्मणलाई अन्य जातमा सूचिकृत गरेकोमा प्रधानमन्त्रीको ध्यानाकर्षण पनि गराए ।
सम्बन्धित खबर
स्याङ्जामा आर्थिक गणनाको आधार तयार, नयाँ कार्यालयबाट तथ्यांक संकलन सुरु
ग्रामीण सडकमा ट्राफिक सचेतना अभियान सुरु, दुर्घटना घटाउने लक्ष्य
भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, विशेषज्ञ सेवा एकै ठाउँमा
गण्डकी प्रदेश सभाको अधिवेशन चैत ८ गते आह्वान
६ वर्षको सजाय बाँकी रहेका फरार कसूरदार पक्राउ
भीरकोटमा बालमैत्री दिवस : उत्कृष्ट शिक्षक र विद्यार्थी सम्मानित
यो पनि पढौँ
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह