रञ्जन अधिकारी पोखरा, ११ कार्तिक / पोखराका वरिष्ठ उद्योगपति सूर्यबहादुर केसीलाई नेपाली काँग्रेसका शीर्षस्थ सबै नेताहरु पोखरा नै आएर पार्टीमा भित्रायो । उनी राप्रपामा लामो समय व्यतित गरेका नेता हुन् भने राप्रपाबाटै सभासद् पनि बने ।
शनिबार पोखरामा प्रधानमन्त्री समेत रहेका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री सशांक कोईराला, शिक्षामन्त्री गोपालमान श्रेष्ठ, कानुनमन्त्री यज्ञबहादुर थापा सहितको उपस्थितिमा उनी काँग्रेस प्रवेश गरे ।
केहि दिन अघि पत्रकार सम्मेलन गरी एमालेको गुणगानका साथ काँग्रेस प्रवेश गर्छु भनेका केसी शनिबार प्रवेश गर्ने दिन पनि नेताहरुसँग एमालेलाई नै जोडे ।
केसीले नेकपा एमालेको गुणगान गाउँदै पछिल्लो समय काँग्रेस आफ्नै प्रजातान्त्रिक धारमा रहँदा काँग्रेसलाई चयन गरेको बताए । ‘मैले एमालेलाई र काँग्रेसलाई समदुरीमा राखेर हेरेँ । पहिलो संविधानसभा, दोस्रो संविधानसभा जहिले पनि एमाले र काँग्रेस उस्तै थिए तर एमाले र माओवादी गठबन्धन पछि म काँग्रेस चयन गरेको हुँ ।’ उनले भने– ‘उग्रबामपन्थीहरुलाई हामी उद्योगी व्यवसायी जति अरु कसले सामना गरेको छ ? साम्यवाद सैह्य छैन, यसको विरुद्ध एक होऔं ।’
केसीले खुलेरै हिन्दु धर्म स्थापना हुनुपर्नेमा जोड दिँदै क्षेत्री ब्राह्मणलाई अन्य जातमा सूचिकृत गरेकोमा प्रधानमन्त्रीको ध्यानाकर्षण पनि गराए ।
सम्बन्धित खबर
अवैध सालको काठसहित मिनि ट्रक नियन्त्रणमा
पुस ७ देखि अर्जुनचौपारीमा तीनदिने राष्ट्रपति रनिङ शिल्ड तथा शैक्षिक महोत्सव
रानीथुम्का आधारभूत विद्यालयमा महायज्ञ हुँदै
लामो समयदेखि फरार रहेका दुई प्रतिवादी पक्राउ
अर्जुनचौपारीमा एकदिने स्वास्थ्य शिविर
६ विद्यालयका एक सय १२ विद्यार्थीलाई न्यानो कपडा
यो पनि पढौँ
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे
नवनियुक्त ४ मन्त्रीले लिए शपथ, को हुन् नयाँ मन्त्री?