रञ्जन अधिकारी पोखरा, ११ कार्तिक / पोखराका वरिष्ठ उद्योगपति सूर्यबहादुर केसीलाई नेपाली काँग्रेसका शीर्षस्थ सबै नेताहरु पोखरा नै आएर पार्टीमा भित्रायो । उनी राप्रपामा लामो समय व्यतित गरेका नेता हुन् भने राप्रपाबाटै सभासद् पनि बने ।
शनिबार पोखरामा प्रधानमन्त्री समेत रहेका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री सशांक कोईराला, शिक्षामन्त्री गोपालमान श्रेष्ठ, कानुनमन्त्री यज्ञबहादुर थापा सहितको उपस्थितिमा उनी काँग्रेस प्रवेश गरे ।
केहि दिन अघि पत्रकार सम्मेलन गरी एमालेको गुणगानका साथ काँग्रेस प्रवेश गर्छु भनेका केसी शनिबार प्रवेश गर्ने दिन पनि नेताहरुसँग एमालेलाई नै जोडे ।
केसीले नेकपा एमालेको गुणगान गाउँदै पछिल्लो समय काँग्रेस आफ्नै प्रजातान्त्रिक धारमा रहँदा काँग्रेसलाई चयन गरेको बताए । ‘मैले एमालेलाई र काँग्रेसलाई समदुरीमा राखेर हेरेँ । पहिलो संविधानसभा, दोस्रो संविधानसभा जहिले पनि एमाले र काँग्रेस उस्तै थिए तर एमाले र माओवादी गठबन्धन पछि म काँग्रेस चयन गरेको हुँ ।’ उनले भने– ‘उग्रबामपन्थीहरुलाई हामी उद्योगी व्यवसायी जति अरु कसले सामना गरेको छ ? साम्यवाद सैह्य छैन, यसको विरुद्ध एक होऔं ।’
केसीले खुलेरै हिन्दु धर्म स्थापना हुनुपर्नेमा जोड दिँदै क्षेत्री ब्राह्मणलाई अन्य जातमा सूचिकृत गरेकोमा प्रधानमन्त्रीको ध्यानाकर्षण पनि गराए ।
सम्बन्धित खबर
तीन मध्ये दुई जनाको पहिचान खुल्यो, कास्की नौडाडाका विजय पौडेल र रुपन्देहीका गोपाल बस्नेत
पर्वत जीप दुर्घटनाः एक जनाको शव फेला, गाडीको पाटपूर्जा मोदीखोला दोभानमा भेटियो
अनेरास्ववियु जनप्रियको आठौं सम्मेलन आयोजक कमिटी गठन
पर्वतमा तमादी खोलाले जीप बगाउँदा ३ यात्रु बेपत्ता, चालक सुरक्षित
पत्रकार अथकलाई ‘तीर्थसागर स्मृति लोक तथा दोहोरीगीत पत्रकारिता पुरस्कार’
बागलुङमा भरूवा बन्दुकसहित एक जना पक्राउ
यो पनि पढौँ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
रेडियो देशान्तरमै झुण्डिए पत्रकार, कारण प्रेमिका
तनहुँको भिमादस्थित सेती नदी किनारमा मृत भेटिइन् पोखराकी रमा
क्यान्सर पीडित पत्नीको उपचार गर्न नसकेपछि सँगै देहत्याग, एकै चितामा अन्त्येष्टि